Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोनाविरुद्धको खोप लगाउने रामदेवको घोषणा

२८ जेठ, काठमाडौं । एलोप्याथिक उपचार पद्धतिको विरोध गर्दा विवादमा आएका पतञ्जलि आयुर्वेदिक संस्थाका संस्थापक रामदेवले कोरोना विरुद्धको खोप लगाउने घोषणा गरेका छन् ।भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार रामदेवले छिट्टै कोरोना खोप लगाउने घोषणा गरेका हुन् ।यसअघि प्याथोलोजी लगायत आधुनिक चिकित्सा पद्धतिको विरोधमा उत्रिएपछि रामदेवविरुद्ध भारतका चिकित्सकहरुले देशव्यापी विरोध गर्दै उनीविरुद्ध कानुनी उपचारको खोजी गर्ने चेतावनी समेत दिएका थिए ।भारतीय सञ्चारमाध्यमका अनुसार उनले बिहीबार यस्तो घोषणा गरेका हुन् । उनले चिकित्सकहरुलाई ‘धर्तीमा रहेका ईश्वरका दूत’ संज्ञा समेत दिएको पीटीआईले जनाएको छ ।


सम्बन्धित समाचार