Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ। सरकारले बुधबारदेखि देशव्यापी रूपमा खोप अभियान सुरू गर्दैछ।२०४२ सालमा र्चेनोबिल काण्डको प्रभावका कारण दुख्ध विकाश संस्थानका महा प्रबन्धकले बोटलको दुध पिएर जनतालाइ आस्वस्थ्य पारे जस्तै यस पटक कम्निस्ट सरकारको व्यवाहार प्रति जनताले विश्वास नगरेका कारण मन्त्री देखी स्वास्थ्य सेवा विभागका महान निर्देशकसम्मलाइ कोरोनाको पहिलो खोप लगाउनु पर्ने बाध्यता आइपरेको छ ।
कोरोना भाइरसविरूद्धको पहिलो खोप टेकु अस्पतालका निर्देशक डा। सागर राजभण्डारीले लगाउने भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे काठमाडौंको तीन वटा अस्पतालमा भर्चुअल विधिबाट एकैचोटि खोप अभियानको उद्घाटन गर्ने कार्यक्रम राखिएको छ। टेकु अस्पताल, टिचिङ अस्पताल र एपिएफ अस्पताल खोप क्रन्द्रका रुपमा रहेका छन्।
निर्देशक राजभण्डारीले तीन वटा अस्पतालमा एकैपटक खोप लगाउन सुरू गरिएपनि सुरूमा टेकु अस्पतालमा लगाइने जानकारी दिएका हुन् । उनले आफूसहित टेकु अस्पतालका सबै स्वास्थ्यकर्मीले खोप लगाउने बताएका छन् । अस्पतालले बनाएको खोप लगाउने सूचीमा निर्देशक राजभण्डारी पहिलो नम्बरमा छन्। त्यसपछि सरूवा रोग विशेषज्ञ डा। अनुप बाँस्तोलाले खोप लगाउने छन्। निर्देशक राजभण्डारीले आफूले सुरूमा खोप लगाएपछि सकारात्मक सन्देश प्रवाह हुने भन्दै भने, ुअहिले खोपलाई लिएर केही नकारात्मक सन्देशहरू पनि आइरहेका छन्। स्वास्थ्यकर्मीहरू पनि अन्यौलमा देखिएका छन्। यसरी मैले सुरूमा खोप लगाएपछि अन्य स्वास्थ्यकर्मीहरूले लगाउनु हुन्छ।
उनले टेकु अस्तपालबाट झन्डै २५ सय जना फ्रन्टलाइनरर्सलाई खोप लगाइने जनाए। जसमा अस्पतालका स्वास्थ्यकर्मी, काठमाडौं महानगरपालिका स्वास्थ्यकर्मी र सफाइकर्मी रहेको निर्देशक राजभण्डारी बताउँछन्।
उनले बिहान १० बजेदेखि २ बजेसम्म खोप सेवा प्रवाह गरिने बताए। सरकारले बुधबारदेखि देशव्यापी रूपमा खोप अभियान सुरू गर्न लागेको हो। त्यसका लागि सातै प्रदेशमा खोप पुर्याइएको स्वास्थ्य सेवा विभागले जनाएको छ।
विभाग अन्तर्गतको खोप महाशाखाका प्रमुख डा। झलक शर्मा गौतमले ४ लाख ३० हजार जनालाई खोप लगाउने तयारी रहेको बताए। सरकारले भारतबाट अनुदानमा आएको १० लाख डोज खोप सुरूमा स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा खटिने कर्मचारीलाई लगाउन लागेको हो।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल