Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोनासँग लड्न नेपालमा ४ खोपलाई छ अनुमती

काठमाडौं । नेपालमा पहिलो चरणको कोरोनाभन्दा दोस्रो चरणको कोरोना भुसको आगोझैं फैलिएको छ । खोप अभियान जारी रहेकै बेला विश्वभर कोरोनाको दोस्रो लहरले आतंकित बताइरहेको छ । रुसी खोप स्पुतनिक भीलाई नेपालमा आपतकालीन प्रयोगको अनुमती दिइएको छ । औषधी व्यवस्था विभागले गामेलियाले विकास गरेको खोपलाई प्रयोग अनुमती दिएको हो ।

भारतले पनि स्पुतनिक भीलाई आपतकालिन प्रयोग अनुमती दिइसकेको छ । स्पुतनिक भी कोरोना भाइरसविरुद्ध प्रयोगमा ल्याइएको विश्वकै पहिलो खोप हो । ९१ प्रतिशत प्रभावशाली भनिएको खोप लोमस फर्मास्युटिकल्सले आयातको अनुमति पाएको छ । कोरोना भाइरसविरुद्ध खोप अभियान तिव्र बनाउन लागेको नेपाल सरकारले प्रभावशाली प्रमाणित भएका खोपहरुलाई धमाधम अनुमती दिइरहेको छ । यसअघि अक्सफोर्ड अस्ट्राजेनेकाले विकास गरी भारतको सेरमले उत्पादन गरेको कोभिसिल्ड र भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सिनका अलावा चीनको भेरोसेस खोपलाई प्रयोगको अनुमती दिएको छ ।


सम्बन्धित समाचार