Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोना कोष सानिमा बैंकद्वारा १ करोड ६८ लाख सहयोग

काठमाडौं । सानिमा बैंक लि। ले कोरोना भाइरस ९कोविड–१९० को महामारी नियन्त्रण तथा उपचारको सहयोगका लागि नेपाल सरकारलाई रु १ करोड ६८ लाख सहयोग उपलब्ध गराएको छ । जसअन्तर्गत बैंकका कर्मचारीहरुको तर्फबाट रु ३३ लाख प्रदान गरिएको छ । केन्द्रीय सरकार अन्तर्गत कोरोना भाइरस संक्रमण, रोकथाम तथा उपचार कोषमा रु ९८ लाख र प्रत्येक प्रदेश सरकारलाई रु १० लाखका दरले ७० लाख सहयोग रकम उपलब्ध गराइएको छ । बैंकका हरेक प्रादेशिक कार्यालयका प्रतिनिधिहरुमार्फत् आ–आफ्ना प्रदेश सरकारलाई सो सहयोग रकम हस्तान्तरण तथा केन्द्र सरकारको कोरोना भाइरस संक्रमण, रोकथाम तथा उपचार कोषमा रकम जम्मा गरेको हो । यसबाट कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि सरकारलाई मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।
यस प्रतिकूल परिस्थितिमा बैंकले काठमाडौं उपत्यकाभित्र र बाहिरका विभिन्न शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै विभिन्न डिजिटल बैंकिङ्ग च्यानलहरुमार्फत् निःशुल्क सेवा प्रदान गर्दै आइरहेको छ ।


सम्बन्धित समाचार

आजदेखि राउत नयाँ प्रधानन्यायाधीश

२०८१ आश्विन २०

ताजा नेपाल

अध्यक्ष ढकाल सम्मानित

२०८१ आश्विन २०

ताजा नेपाल