Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोना नियन्त्रणको कार्ययोजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । कोरोना नियन्त्रण र संक्रमितको व्यवस्थापनमा सरकार असफल भएको आरोप लागिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको रोकथामका लागि विस्तृत योजना ल्याउन कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई निर्देशन दिएका छन्। मन्त्रिपरिषद्को सोमबारको छलफलमा कोरोनाका कारण सिर्जित समस्याका बारेमा छलफल भएको थियो। सीसीएमसीको बैठक मंगलबार बस्दैछ। उक्त बैठकले ल्याएका प्रस्तावका आधारमा मन्त्रिपरिषद् बैठकले निर्णय लिनेछ।