Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोना बढेको भन्दै फेरि यस्तो सर्कुलर

काठमाडौं । पहिलो चरणको कोरोनालाई पराजित गरिसकेको नेपालमा दोस्रो चरणको कोरोना फेरि प्रवेश गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भीडभाड हुने कुनै पनि किसिमको सभा सम्मेलन नगर्न सबैलाई आग्रह गरेको छ। भारतमा कोरोना संक्रमणको दर बढेसँगै मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी देशभर कुनै पनि सभा तथा सम्मेलन नगर्न आग्रह गरेको हो। सूचनामा भनिएको छ, ‘नेपालमा समेत संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठि, सेमिनार, बैठक र भीडभाड हुने व्यवसाय र कार्य नगर्न नगराउन अनुरोध छ।’ मन्त्रालयले हात धुन, मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्ने जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि सबैमा अपिल गरेको छ।