Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोना भाइरसका कारण नेपालमा तेस्रो व्यक्तिको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट तेस्रो व्यक्तिको मृत्यु भएको छ। रुपन्देहीको मणिग्राममा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको हो । भेन्टिलेटरमा उपचार भइरहेका उनको बिहीबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको क्रिमशन अस्पतालका अध्यक्ष चिन्तामणि पाण्डेले जानकारी दिए । मृत्यु हुने बिरामी गुल्मीको मदाने गाउँपालिका वडा नं। ६ का ४१ बर्षका पुरुष हुन् । उनको शव व्यवस्थापन गर्न प्रदेश सरकारलाई आग्रह गरिएको छ । शिक्षण पेशामा रहेका उनी बिरामी भएपछि अर्घाखाँचीको एक मेडिकलमा चेकजाँचपछि रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा उपचारत थिए । उनको स्वास्थ्य अवस्था नाजुक भएका कारण उनलाई मंगलबार बुटवलको बिशेष कोरोना अस्पताल सार्न सकिएको थिएन । बिरामी सार्ने प्रक्रियामा जोखिम हुनसक्ने भन्दै प्रदेश सरकारका अधिकारीहरुले क्रिमशन अस्पताल प्रशासनलाई अनुरोध गरेपछि उनको त्यही नै उपचार भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ। नेपालमा यसअघि पनि दुईजना व्यक्तिको कोरोनाबाट मृत्यु भएको थियो। जसमा सिन्धुपाल्चोककी २९ वर्षीया महिला र बाँकेका २५ वर्षे युवक हुन्।


सम्बन्धित समाचार