Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोना भाइरसबाट अमेरिकामा २ सय ६४ जनाको मृत्यु

काठमाडौं । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ६४ पुगेको छ । शुक्रबार राति थप ८ जनाको मृत्यु भएपछि मृतकको संख्या २ सय ६४ पुगेको हो । १९ हजार ६ सय ५० जनामा संक्रमण देखिएको छ । थप २ सय ६७ जनामा संक्रमण देखिएकाले संक्रमित हुनेको संख्या १९ हजार ६ सय ५० पुगेको हो । उपचारारतमध्ये ६४ जनाको अवस्था गम्भीर रहेको अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । अहिलेसम्म १ सय ४७ जना ठीक भएर घर फर्किएका छन् ।
अमेरिकाका सबै राज्यमा कोरोनाको संक्रमण देखिएपछि त्यहाँ राष्ट्रिय संकटकाल घोषणा गरिएको छ भने अन्तर्राष्ट्रिय हवाई उडानहरु कटौती गरिसकिएको छ ।


सम्बन्धित समाचार