Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोना विरुद्धको मोर्चामा सरकार सक्रिय, खोप केन्द्र बढाइने, चिनियाँ अनुदान थपियो

काठमाडौं । मीठो बोली तर व्यवहारमा कपट भएपछि मीठो बोलीको अर्थ रहँदैन । जनताका अगाडि आश्वासनका भाषण टुक्का जोडी जोडी गर्ने केपी शर्मा ओलीका कारण कोरोना कहरले मौलाउने मौका पायो भन्दा अत्युक्ति नहोला । जनताको जयान भन्दा ईश्वर पोखरेलहरुको कमाईमा सरकारको ध्यान जाँदा समयमा आउनु पर्ने खोप र स्वास्थ्य सामग्री नआएकै हो । अब मुलुकको कार्यभार काँग्रेस सभापति शेरबहादुर देउवाको काँधमा पुगेको छ । उनको आगमनसँगै कोरोना विरुद्धको मोर्चालाई महत्वका साथ अघि बढाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउनका लागि आवश्यकताअनुसार खोप केन्द्र बढाउन निर्देशन दिएका छन् । खोप केन्द्रमा लामो लाइन भएको गुनासो सुनिएपछि उनले शुक्रबार नेपाल मुख्यसचिव शङ्करदास वैरागी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई बोलाई सो निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।प्रधानमन्त्री देउवाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउन समेत निर्देशन दिएका छन् ।प्रधानमन्त्री देउवाले पद बहाली गरेलगत्तै पहिलो मन्त्रिपरिषद् बैठकबाट आगामी चैत भित्र खोप लगाउन आवश्यक पर्ने सबै समूहका नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइ सक्ने निर्णय गरेका थिए ।

चीनको चासो
नेपालमा सरकार परिवर्तन भएपछि छिमेकीहरुको चासो बढी हुनु स्वाभाविकै हो । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शुक्रबार एकै दिन प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धन निर्माणमा भूमिका खेलेका दुई शीर्ष नेतासँग भेटवार्ता गरेकी छन् । उनले प्रधानमन्त्री देउवासँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेकी हुन् । प्रधानमन्त्री देउवासँग बालुवाटारमा भएको भेटमा राजदूत यान्छीले नेपाललाई थप १६ लाख खोप अनुदानमा उपलब्ध गराउने जानकारी गराइन् भने देउवाले आफू चीनसँगको सम्बन्धलाई अझ बलियो बनाउन चाहेको बताएका थिए । परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ राजदूतले कोरोना महामारीविरुद्ध लड्न नेपाललाई थप सहयोग गर्न तयार रहेको बताएकी थिइन् ।

थपिने भयो चिनियाँ अनुदान
चीनले नेपाललाई थप १६ लाख कोरोना विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी गराएकी हुन् । यसअघि चीनबाट अनुदानमार्फत १८ लाख डोज कोरोना खोप आइसकेको छ । यस्तै सरकारले थप ४० लाख डोज खोप खरिदका लागि सम्झौता गरेको छ । जसअन्तर्गत आठ लाख डोज खोप आइसकेको छ । प्रधानमन्त्रीसँगको भेटमा चिनियाँ राजदूतले कोरोना महामारीविरुद्धको लडाइँमा चीनले नेपाललाई निरन्तर सहयोग गर्ने आश्वासन दिएको परराष्ट्र मन्त्रालयले दिएको छ । प्रधानमन्त्री देउवाले थप खोप सहयोग गरेकोमा चीनलाई बधाई दिएका थिए ।


सम्बन्धित समाचार