Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोना संक्रमित ३२ जना थपिए

काठमाडौं । शनिबार बिहान थप ३२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। योसँगै नेपालमा सङ्क्रमित हुनेहरूको सङ्ख्या ५४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सर्लाहीमा १३, कपिलवस्तुमा र रुपन्देही ८र८ जना, बारा, काठमाडौं र चितवनमा एकरएक जना गरी ३२ जना संक्रमित भेटिएका हुन् । सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा मात्रै १३ जना संक्रमित भेटिएका छन् । त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना संक्रमित भेटिएका छन् । थपिएका ३२ संक्रमितमध्ये २ जना महिला र बाँकी ३० जना पुरूष भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।


सम्बन्धित समाचार