Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोना संक्रमित ९८० थपिए, उपत्यकामा ३५४, २८९ ले ज्यान गुमाए

काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्ने क्रममा छ । आइतबार देशभर महिला २९० र पुरुष ६९० गरी ९८० जनामा संक्रमण पुष्टि भएसँगै हालसम्म कोरोनाभाइरस संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ। आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ३५४ जनासहित देशभर ९८० जना संक्रमित थपिएको र यससँगै संक्रमितको कुल संख्या ४६ हजार २५७ पुगेको जानकारी दिए । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८१४जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या २८ हजार ९४१ पुगेको छ ।
गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार २०१ र होम आइसोलेशनमा ७ हजार ८२६ जना रहेका छन् । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २८९ पुगेको छ । मन्त्रालयका अनुसार आइतबार थप ९ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या २८९ पुगेको हो ।