Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोसी प्रदेशमा नेकपा एमालेकै सरकार बन्ने दावी गरेका छन् ।
विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै ओलीले कोसी प्रदेमा नेपाली कांग्रेसले गैरसंविधानिक काम गर्दा आफू अचम्ममा परेको जनाएका छन् । उनले भने संविधान मान्ने र लोकतान्त्रिक भनिने कांग्रेस जस्तो पुरानो पार्टीले संविधान नमान्दा अचम्म लागेको छ।
संविधान नमान्ने भनेर हिंडेको माओवादी भन्दा पनि कांग्रेसको क्रियाकलापले नियमको खिल्ली उडेको जानकारी दिए ।
गठबन्धनले असंवैधानिक गतिविधि गरेको भन्दै ओलीले गठबंधनले गर्ने गलत कामको एमालेले समर्थन गर्न नसक्ने जनाए । उनले कोसी प्रदेशमा एमालेको सरकार बन्ने र ५० सांसदले समर्थन गर्ने जानकारी दिए ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल