Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोसी प्रदेशमा सत्तापक्षले मनमानी गरेपछि प्रतिपक्षको बिरोध

विराटनगर । कोसी प्रदेश सरकारको बजेटसम्बन्धी प्रतिस्थापन विधेयकमा कार्यक्रम कटौती भएपछि नेकपा एमाले र राप्रपाका सांसदले उठेर विरोध जनाएका छन् ।

प्रदेशसभाको आज मंगलबारको बैठकको कारबाही सुरु हुनासाथ एमाले र राप्रपाका सांसदले उठेर सदनमा विरोध गरेका थिए । सभाको अध्यक्षता गरिरहेका सांसद इस्राइल मन्सुरीले आफ्ना कुरा राख्न प्रमुख विपक्षी एमालेलाई समय दिए ।

एमाले संसदीय दलका उपनेता राम रानाले रातो किताबमा धेरै योजना कटौती भएकोमा विरोध गर्दै सदन अवरोध गरे ।

रानाले भने, एक वर्षमा पाँच पटक सरकार फेरियो । बजेट निर्माण गर्दा छलफल हुनुपर्ने थियो । सरकारले लगभग आधा वर्ष बितेको बजेट व्यवस्थापन गर्दा ध्यान दिन पर्थ्यो । प्रतिपक्षका सांसदहरूबाट आएको कार्यक्रमलाई नै समेट्ने भनिएकोमा त्यो नभएको जनाए ।

सांसदले माग पेस गर्नुभयो तर इमान्दार बन्ने हो कि बेइमान बन्ने भन्ने मूल प्रश्न हो, उनले भने, सांसदले प्राथमिकीकरण गरेका योजना कटौती भएका छन् ।

उनले बजेट फेल भए के हुने भदै प्रश्न गरे । बजेट अध्यादेश प्रतिस्थापन गर्न ल्याएको विनियोजन विधेयकमाथि सदनमा सोमबारदेखि छलफल भइरहेको छ ।