Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

को डाइनामिक, को कठोर ?

काठमाडौंको विधानले एकथोक भन्छ तर नेतृत्ववले मनपरी गर्छ । यहाँ विधान भनेर जनमतलाई भनिएको हो । काँग्रेसको मात्र नेता मुखी समस्या होइन । माअ‍ोवादी जस्तो हामी छुट्टै धातुका मान्छे भन्ने प्रचण्डमा पनि त्यही छ । एमालेका श्री ३ केपी महाराजमा त झन् चर्को छ । पार्टी विधान नमान्ने आफू अनुकुल व्याख्या गरेर पार्टीमा प्रतिवाद गर्न नदिने जे गर्छन् केपी एक्लै गर्ने चलनका कारण एमालेमा केपीको विकल्प विद्या भण्डारीलाई अगाडि सारिएको हो । त्यो स्थिति माअ‍ोवादीमा पनि छ । तर त्यहाँ प्रचण्ड छलफल गर्छन्, आलोचना सहन्छन् । एकसँग अर्कोलाई भिडाउँछन् । वर्षमान पुन र जनार्दन शर्मा भिडाएर देव गुरुङलाई महासचिव बनाएका प्रचण्डलाई जनार्दन शर्माले नेतृत्व छाडेर संरक्षक बन्न संकेत गरे । प्रचण्डको परिवारवादबाट हरिबोल गजुरेल समेत टाढिए । नारायणकाजी त भाग खोज्ने हुन् । कामको प्रकृतिमा भने काजीलाई दोष लगाउने ठाउँ छन । लिलामणि पोखरेल जस्तो नेतालाई सहकारी विभागमा थन्क्याएर अध्यक्ष प्रचण्डले गुण दोषको अधार पत्ता कसरी लगाए ? जुन विभाग केशव नेपाल, कुमार पौडेलजस्ता बफादारहरूलाई दिए पुग्थ्यो । संगठन बनाउन सक्ने, जनतालाई चित्त बुझ्दो गरी बुझाउन सक्नेलाई त प्रचण्डले पनि जिम्मेवारी दिँदैनन् । पार्टी फुट्दा मोहन वैद्यतिर जान्छु भन्दा जान दिएको भए दीनानाथ शर्माहरू जस्ता भ्रष्ट उतै रमाउँथे । गिरिराजमणि, राम कार्की, हरिबोल गजुरेलहरूको माओवादीमा छुट्टै पहिचान छ । भ्रष्ट र लुटेरा सबै भए । पदमा नपुग्दासम्मका आदर्शहरू पद पाउँदा छोरा–छोरी, भाई–भतिजा ज्वाईलाई सचिवालयमा राखेर उठाउने सबै हुन् । तर दोष धेरै प्रचण्डलाई जान्छ । किनकि उनी कुर्सी र पदका लागि जो सँग पनि टासिन्छन् भन्ने देखियो । समयको ख्याल गर्दै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रम र राष्ट्रियसभाको अध्यक्षसम्म काँग्रेस, एमाले, रास्वपा, जसपा र प्रदेशमा राप्रपासम्मलाई भाग लगाउने अक्किल प्रचण्डमा देखियो । काँग्रेस र एमालेले विपक्षीले पाउने संसदको सार्वजनिक लेखा समिति समेत छाडेका छैनन् । प्रचण्ड थिएनन् भने रास्वपाले उपसभामुख, जसपाले उपराष्ट्रपति, राप्रपाले कोशी र बागमतीको सभामुख पाउँदैनथे । तर जस प्रचण्डलाई छैन । जनयुद्धका सहयात्रीलाई छाडेर परिवारवादमा माओवादीका सबै नेता डुबेकै छन् । आलोचना माओवादीभित्र जसको जति गरे पनि कार्यक्षेत्र पाइन्छ ।
एमालेका केपी ओलीले आलोचना त परेको कुरा उनको तर्कमा बहस गर्न समेत दिँदैन । एमालेमा कु्नै विषयमा बोल्न र बहस गर्न पाइँदैन । त्यहाँ जे गर्छन् अ‍ोली महाराजकै एकल निर्णय हुन्छ । कार्यकारी अधिकार अध्यक्षले धेरै प्रयोग गर्लान्, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरू एमालेमा गणना हुन्न । किनकि महासचिव शंकर पोखरेल, उमहासचिव विष्णु रिमाल भए यतिखेर पुगेको छ । संसदमा योगेश भट्टराई, प्रचण्डलाई प्रशिक्षण दिने दर्शनशास्त्री छँदैछन् । ठोट्ने जवाफ लगाउन कृष्ण गोपाल श्रेष्ठ, रघु पन्त भए पुगेकै छ । संसदमा भएका ठूला दुई शक्ति एमाले र माओवादी चुनावमा मिल्ने भए सहज रूपमा बहुमत आउँ,छ विभाजित हुँदा भोट काट्ने एकीकृत समाजवादी छँदैछ । केपी बा भन्नेले ठाउँ पाएकै छ । कतै बाइफाले नारीसँग रमाए पनि भयो, कसैले पार्टी कार्यकर्ताको घर भत्काए पनि भयो । यौन लम्पटहरू माओवादीमा छन् । एमालेमा यो रोग मोदनाथ पश्रित सक्रिय हुँदा पनि थियो । आजा फ्ल्याट लिएर राख्ने गरी चम्केको छ । त्यो मामिलामा हिजो एमालेका ठूला नेता पनि चालु हुन् भन्ने चर्चा थियो । राजनीतिमा सिद्धान्त, आदर्श हरायो । विकासे गफ पानी जहाज र रेलको व्यापक छ । जनताले बिहान बजारमा एउटा मूल्यमा किनेको सामान बेलुका उही मूल्यमा पाउँदैन । सरकारलाई बजारको चासो छैन । विद्युत महसुल नतिर्ने काला सापहरू बालुवाटारका पाहुना बनाएर राम्रो काम गर्दा गर्दै कुलमानलाई खेद्ने ऋषि पोखरेल जस्ता तिनै व्यापारीका सारथीलाई खटाउँदा प्रधानमन्त्रीको समृद्धि नांगै भएको छ ।