Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

को फालिने को आउने ?

काठमाडौं । आफैंले छानेका मन्त्रीहरू घुस्याहा भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल गोप्य छलफलमा जुटेका छन् । अहिले प्रहरीको काम चोर बचाउने, लगानी नगरी कमाई गर्ने डनहरू कु्मार घंैटे, दिनेश अधिकारीकै हालत चन्द पक्षका लडाकु टोलीलाई मार्ने रहेको छ । राजतीतिक उचाई जति भए पनि गृहमन्त्री रामबहादुर थापा शान्ति सुरक्षामा सबल भएनन् । महिला मन्त्री थममाया थापा, खानेपानी मन्त्री बिना मगर, भूमिसुधारमन्त्री पद्मा अर्यालको क्षमता विवाद बढाउने बाहेक केही भएन । महिलालाई पुरुषसरह पद खोज्ने डलरवादीहरूलाई यिनको कामले दिक्क बनाउनु पर्ने हो । पम्फा भूसाल, रेखा शर्माले पनि मन्त्रालय हाके, हिसिला र राधा ज्ञवाली जस्ता भष्मासुर नेतृहरू नेकपाले हिजो पालेकै हो । प्रधानमन्त्री ओलीले विवादै मच्चाएर घुडै टेके पनि सञ्चारमन्त्री गोकुल बास्कोटालाई राम्रै ठानेका छन् । शुरुमा कम्प्युटर चलाउन आउँछ भनेर गोकुललाई प्रमले गिज्याएकै हुन् । अहिले गोकुलले ‘ताजुब लाग्छ’ भन्ने ओलीको थेगो पाठ गरेर भए पनि मन्त्री पद टिकाएर जीवनभर पुग्ने गरी लुटिसकेको एमाले पंक्तिमा चर्चा छ ।
प्रमले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, खेलकुदमन्त्री जगत विक, उद्योगमन्त्री मातृका यादव, खानेपानीमन्त्री विना मगर, महिला मन्त्री थममाया थापा, भूमि मन्त्री पद्मा अर्याल, कृषिमन्त्री चक्रपाणि खनाललाई हटाउने तयारीमा छन् । यिनको ठाउँमा महेश बस्नेत, लेखराज भट्ट, पम्फा भुसाल, सुरेन्द्र पाण्डे, देवेन्द्र पौडेल, प्रभु साह, योगेश भट्टराई, नारदमुनि रानालाई ल्याउने गरी छलफल भएको बताइन्छ ।


सम्बन्धित समाचार