Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

क्याप्टेन लामाले जिते कोरोना, सक्रिय भइरहन आग्रह

काठमाडौं । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा कोरोना संक्रमणबाट मुक्त भएका छन् । उनी अस्पतालबाट डिस्चार्ज भएका छन्। २९ भदौमा कोरोना संक्रमण पुष्टि भएपछि ललितपुरस्थित स्टार अस्पतालमा भर्ना भएका लामा १८ दिनपछि विहीबार कोरोना जितेर डिस्चार्ज भएका हुन्।

उनले कयौँ पीडाबीच आफूले कोरोनासँग हरेक दिन संघर्ष गरेर जितेको बताए । उनले सामाजिक सञ्चाल फेसबुकमा लेखेका छन्, मैले हरेक दिन कोरोनासँग लडिरहेँ। अनेक दुस्ख र कष्टबीच कोरोनासँगको संघर्षमा हार मानिनँ । यसबीचमा मैले भोगेका कष्टप्रद क्षणहरू अनगिन्ती छन्, कोरोनाले गलाउन खोजिरहँदा पनि मैले निरन्तर संघर्ष गरेर जितें। कोरोनाविरुद्धको लडाईँमा आफूलाई साथ दिने चिकित्सकहरुलाई उनले धन्यवाद दिए ।

उनले स्टार अस्पतालका नर्स र डाक्टरहरुलाई सम्झिँदै उनीहरुको कुशल चिकित्सकीय उपचारको पनि प्रशंसा गरे । उनले आफ्नो स्वास्थ्य लाभका लागि कामना गर्ने सबैलाई आभार व्यक्त गरे । लामाले आफ्नो अनुशासित जीवन शैलीले सामान्य जीवनतर्फ फर्काउन सहयोग गर्ने पनि बताए । उनले अन्यलाई पनि सकारात्मक सोचका साथ सक्रिय भइरहन आग्रह गरे ।


सम्बन्धित समाचार