Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

क्यालिफोर्नियामा एप्पल कम्पनीमा कार्यरत नेपालकी चेली मनसुन पाण्डेको निधन

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को बस्दै आएकी नेपाली मूलकी युवती मनसुन पाण्डेको अल्पायु मै निधन भएको छ । उनको निधनले नेपाली समुदायहरू स्तब्ध भएका छन । उनी सान फ्रान्सिस्कोमा लामो समय देखि बस्दै आएका पत्रकार तथा कलाकार अनिल पाण्डे तथा रीना पाण्डेकी पुत्री हुन् । २९ वर्षीय पाण्डेले सूचना प्रविधि अध्ययन गरेकी थिइन् भने उनले बिश्वकै चर्चित एप्पल कम्पनीमा समेत काम गरेकी थिइन् । उनी क्यालिफोर्निया क्षेत्रका विभिन्न कार्यक्रम तथा सामाजिक कार्यमा पनि सक्रिय सहभागी हुने गरेकी थिइन् ।