Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

क्रान्तिकारीको सम्मेलनको नयाँ मिति असोज १० देखि १४ सम्म हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारी को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि १४ सम्म काठमाडौंमा हुने भएको छ ।

असोज २ बुधवारदेखि असोज ५ गतेसम्म संघीय राजधानी काठमाडौंको प्रज्ञा भवन कमलादीमा हुने भनिएकोमा सम्मेलन अन्तिम समयमा आएर स्थगित भएकोमा संगठनको कार्यालय बैठकले स्थगित भएको सम्मेलनको नयाँ मिति तय गरेको हो ।

विद्यार्थी नेतृत्वकै परीक्षा समेत चलिरहेको र प्रदेश सम्मेलन समयमै हुन नसकेका कारण स्थगित २ गतेदेखि सुरु हुन लागेको सम्मेलन स्थगित भएकोमा संगठनको कार्यालय बैठकले असोज १० देखि १४ सम्म काठमाडौंमा नै सम्मेलन गर्ने निर्णय भएको संगठनका उपाध्यक्ष मदन भुलले नेपाल प्रेसलाई जानकारी दिए ।
उनका अनुसार एउटा भौगोलिक मधेश प्रदेश र मधेश र बाँकी गैरभौगोलिक प्रदेश ७ वटा विश्वविद्यालयको सम्मेलन हुन बाँकी रहेका कारण २ गतेका लागि तय भएको सम्मेलन स्थगित गर्नुपरेको थियो ।