Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

क्रान्तिकारी मन्त्रीले सल्लाहकार साटे

काठमाडौं । पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई समेत बेवास्ता गर्न सफल वनमन्त्री शक्ति बस्नेतले आफ्नो मन्त्रालय मातहतका विभिन्न निकायहरुमा कार्यकारी तथा बोर्ड सदस्यहरु नियुक्त गर्न नसके पनि प्रधानमन्त्री केपी ओलीलाई सूचना दिएको आधारमा मन्त्री पद थमाइरहेको अवस्थामा आफ्नै दाजुका ज्वाईलाई प्रेस सल्लाहकार राखेर अब कति प्रगति गर्लान् ? त्यसबारेमा पूर्व माओवादीका पत्रकारहरुले निगरानी गरिरहेका छन् ।

अहिले ऊर्जामन्त्री वर्षमान पुन पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल निकट छैनन् । उनको काम दाहालको क्वार्टरबाट प्राप्त सूचना प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउनु रहेको छ । यिनैका कारण पूर्व सभामुख कृष्णबहादुर महराले जेल जीवन बिताउनु परेको यथार्थता माओवादीका रोल्पा जिल्ला समितिका प्रत्येक सदस्यहरुलाई थाहा छ । अबका दिनमा यिनको राजनीति पैसाकै आडमा कतिदिन चल्ला ? त्यो भने ओनसरी घर्ती मगरको काँधमा आइलागेको छ ।

राजधानीका धनाढ्यहरूले वानेश्वरतिर जाँड खाने र स्वास्नी साटसाट गर्ने क्लब चलाउँदा निकै चर्चा पाएको थियो । २०५१ सालको मध्यावधि निर्वाचन पछिको अराजक र लुटको समयको यथार्थता थियो त्यो । काँग्रेसबाट सांसद भएर एक चरण विताएपछि हरियाली पार्टी खोलेका कुवेर शर्माहरू त्यो क्लबका सञ्चालक थिए ।

माओवादी क्रान्तिकारीहरूले जनयुद्धका बेला कतै राम्रै गरे कतै विगारे । चन्दा दिन नसक्दा धेरैको थातथलो छिन्नभिन्न भयो । माओको सिद्धान्तले जनतालाई दुःख देऊ भनेको थिएन । अहिले माओवादी जनयुद्धले स्थापित गरी दिएका मूल्य मान्यतामा डढेलो लागेको छ । एउटा इमान्दार मन्त्रीले आफ्नो मन्त्रालयअन्तर्गत जनताका लागि राम्रा काम धेरै गर्न सक्छन् । तर प्रचण्ड प्यानलका मन्त्रीले कमाउलाई प्राथमिकता दिँदै प्रेस सल्लाहकारको जागिर खुवाएका कार्यकर्ताको मन्त्रालय साटफेर गरेर चर्चा बटुलेका छन् ।

ऊर्जामन्त्री वर्षमान पुनले दयानिधि भट्टलाई ल्याएका छन् । रोशन खड्का कान्छो ससुरा नाताका वनमन्त्री शक्ति बस्नेतको सल्लाहकार हुन पुगेका छन् । मन्त्री पुन निकट स्रोतकाअनुसार खड्का बढी नै चलाख भएकाले पारिवारिक रुपमा पनि पचेनन् । उनले शक्ति बस्नेत गृहमन्त्री बन्दा उनकै विरुद्ध अनलाइन पोर्टलहरूमा समाचार दिएर पत्रकारिताको धर्म निर्वाह गरेको चर्चा प्रेस सेन्टरमा थियो । भट्ट र खड्काको मन्त्रालय फेरबदलको बारेमा पार्टीका नेताहरूले जनताको काम नगरे पनि हिजो आफूहरूबीचको सल्लाहले राखेका पत्रकार कार्यकर्ता परिचालन गर्न मन्त्रीद्वयको क्षमताको कदर गर्नु पर्ने बताएका छन् ।

संयोवश वर्षमान पुन र शक्ति बस्नेतको समूहले अध्यक्ष प्रचण्डका दाहिने हात मानिएका कृष्णबहादुर महरालाई रोशनी शाही काण्डमा फसाउन बालुवाटारको डिजाइनलाई साथ दिएका थिए । तर चरित्रमा शक्ति पनि साधु होइनन् । परस्त्रीप्रतिको उनको मोहका बारेमा ताजाखबरले समाचार दिएकै थियो । बरु वर्षमान पैसामा भुतुक्कै हुन्छन्, शिकार खेल्न हिँडेको थाहा छैन, एक नेताले भन्दै थिए, पुनले ऊर्जा मन्त्रालयमार्फत् गरिबलाई मासिक ३० रुपैयाँ लिएर १० युनिटसम्म विद्युत दिलाउने अभियान शुरु गरेका छन् । त्यो राम्रै हो । खड्काले मन्त्रीलाई पत्तै नदिइ एक दुई ठाउँमा लामो हात गरेको पुन परिवारमा चर्चा छ ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल