Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

क्रिकेट खेलाडी मिनष थापाको मोटरसाइकल दुर्घटनामा मृत्यु

विराटनगर । विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा क्रिकेट खेलाडी मिनष थापाको मृत्यु भएको छ । २७ वर्षीय थापाको आज बिहान भएको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी विराटनगर बासिन्दा हुन् । विराटनगर–४ स्थित भित्री सडकखण्डमा एयरपोर्ट लाइनबाट गणेश चोक जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । बिहान करिब पौने १ बजे मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका निम्ति कोसी अस्पताल लगिएको थियो । चिकित्सकले उनको मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवम् एसपी कवित कटवालले जानकारी दिए । उनी कोशी प्रदेशबाट क्रिकेट खेल्दै आएका थिए ।


सम्बन्धित समाचार