Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खकर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

भोजपुर । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी भोजपुर नगरपालिका १ डाडाबोखिम बस्ने ५६ वर्षीय इच्छा बहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ । लेनदेन सम्बन्धी पूर्व रिसईवीका कारणले राईले सोही ठाउँ बस्ने ३९ वर्षीय झकेन्द्र बहादुर बिष्टलाई २०६१ वैशाख १ गते धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरी फरार भएका थिए । साथै राईले तत्काल झकेन्द्रको ज्यान बचाउन खोज्ने तथा झगडा छुट्याउने सोही ठाउँ बस्ने अम्बर बहादुर राईलाई समेत खुकुरी प्रहार गरी घाइते बनाएका थिए । वारदात पश्चात फरार रहेका इच्छाको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनकै घरमा लुकिछिपि बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार