Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खनाल नेतृत्वको आर्थिक सुधार सुझाव आयोगमा३ संस्थाका अध्यक्ष सदस्यमा नियुक्त

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सदस्यमा निजी क्षेत्रका प्रतिनिधिहरुलाई नियुक्त गरेको छ। सरकारले निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाललाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो। सरकारले गत असोजमा अर्थतन्त्रमा सुधारका लागि चाल्नुपर्ने सुझावसहितको प्रतिवेदन पेस गर्न आयोग गठन गरेको थियो। त्यसबेला पूर्व अर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा ५ सदस्यीय उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको थियो। आयोगमा प्रा डा रामप्रसाद ज्ञवाली, डा प्रकाशकुमार श्रेष्ठ, डा विश्वास गौचन र डा कल्पना खनाल सदस्यका रुपमा नियुक्त भएका थिए। अहिले त्यसमा थप ३ जना नियुक्त गरिएको हो। आयोगले अहिले अर्थतन्त्र सुधारबाट राय सुझाव संकलन गरिरहेको छ।