Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खरानी बनाउने विप्लवको चेतावनी

काठमाडौं । नेकपाका महासचिव नेत्र विक्रम चन्दले पक्राउ परेका नेता कार्यकर्ता रिहा गर्न माग गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै आफ्ना नेता तथा कार्यकर्ता बिना सर्त रिहा नगरे कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।
उनले विज्ञप्तिमार्फत चेतावनी दिँदै भनेका छन्, क्रान्तिकारीहरुमाथि दमन गर्नेहरु नै अन्तिममा खरानी हुनेछन् ।

विप्लवले पार्टीको राप्ती ब्युरोको बैठक तथा राजनीतिक प्रशिक्षण भइरहेको ठाउँबाट पार्टी केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज सुवाससहित नेता कार्यकर्ता गिराफ्तार गरेकोमा आपत्ति जनाउँदै रिहाइको माग गरेका हुन् । जारी विज्ञप्तिमा भनिएको छ, श्रमिक जनताको अधिकार, देशको स्वाधीनताका पक्षमा र राष्ट्रघात, भ्रष्टाचार, करछली, महँगी, तस्करीका विरुद्ध लडिरहेका हाम्रा नेता–कार्यकर्तामाथिको दमनको कडा प्रतिरोध गरिने पनि स्पष्ट गर्दछ । विप्लवले हरेक गद्दारी, ठक्कर र बलिदानबाट किञ्चित् विचलित नभई अरू स्पातिलो बन्दै जाने उल्लेख गरेका छन् ।

विज्ञप्ति यस्तो छ


सम्बन्धित समाचार