Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खाडी मुलुकमा ५ सय ६० जनाको कोरोनाले लियो ज्यान

एजेन्सी । नेपाली युवाहरुको ठूलो रोजगार गन्तव्य खाडीका ६ मुलुकमा कोरोना भाइरसले ५६० जनाको मृत्यु भएको छ भने १ लाख १ हजार ६१० जना संक्रमित भएका छन् । खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै २५५ जनाको मृत्यु भएको छ । त्यहाँ ४१ हजार १४ जना संक्रमित भएका छन् ।
यस्तै यूएईमा २०१ जनाको मृत्यु भएको छ भने १८ हजार ८१८ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा ६५ जनाको मृत्यु भएको छ भने ९ हजार २८६ जना संक्रमित भएका छन् । यस्तै ओमानमा १७ जनाको मृत्यु भएको छ भने ३ हजार ५७३ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कतारमा १४ जनाको मृत्यु भएको छ भने २३ हजार ६२३ जना संक्रमित भएका छन् ।
कोरोना भाइरसको संक्रमणले बहराइनमा ८ जनाको मृत्यु भएको छ । त्यहाँ ५ हजार २३६ जना संक्रमित भएका छन् । बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् ।


सम्बन्धित समाचार