Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खाडी मुलुकमा ६ सय ९३ को ज्यान गयो

एजेन्सी । नेपाली युवाहरुको रोजगार गन्तव्यको रुपमा रहेको खाडी मुलुकहरु कोरोनाको आतंकबीचमा रहेको छ । खाडीका ६ मुलुकमा कोरोना भाइरसले ६९३ जनाको मृत्यु भएको छ भने १ लाख ३७ हजार ७०६ जना संक्रमित भएका छन् । खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै ३१२ जनाको मृत्यु भएको छ । त्यहाँ ५४ हजार ७५२ जना संक्रमित भएका छन् । यस्तै यूएईमा २२० जनाको मृत्यु भएको छ भने २३ हजार ३५८ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा ११२ जनाको मृत्यु भएको छ भने १४ हजार ८५० जना संक्रमित भएका छन् । यस्तै ओमानमा २२ जनाको मृत्यु भएको छ भने ५ हजार १८६ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कतारमा १५ जनाको मृत्यु भएको छ भने ३२ हजार ६०४ जना संक्रमित भएका छन् ।
कोरोना भाइरसको संक्रमणले बहराइनमा १२ जनाको मृत्यु भएको छ । त्यहाँ ६ हजार ९५६ जना संक्रमित भएका छन् । बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् ।


सम्बन्धित समाचार