Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खाद्य कम्पनी वीरगञ्जले बल्ल किन्दैछ धान

वीरगञ्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वीरगञ्ज शाखाले थप ५ हजार क्विन्टल सोना मन्सुली धान खरिद गर्ने भएको छ । जवकी किसानको धान भारतीय व्यपारीहरुले मंसीरमा खरिद गरिसकेका छन् ।

जिरा मसिनो धान किसानले प्रर्याप्त मात्रामा नल्याएपछि थप ५ हजार क्विन्टल सोना मन्सुली धान नै खरिद गर्न लागेको बताए पनि कम्पनी प्रतिको विश्वास घुमेपछि लाज धाक्न यो निर्णृय गरिएको हो ।

यसअघि कार्यालयले ३० हजार क्विन्टल सोना मन्सुली र ५ हजार क्विन्टल जिरा मसिनो धान खरिद गर्ने निर्णय गरेको थियो । कार्यालयले सोना मन्सुली धान ३१ हजार २६९ क्विटल खरिद गरिसकेको छ भने जिरा मसिनो धान ११७ क्विन्टल खरिद गरेको छ । कम्पनीले सोना मन्सुली धान प्रतिक्विन्टल २ हजार ८८५ रुपैयाँ तथा जिरा मसिनो धान २ हजार ९ सयमा खरिद गरेको हो ।

पर्सा र बाराका किसानले वीरगञ्जस्थित कम्पनीको शाखा कार्यालयलाई धान बेच्दै आएका थिए । गत वर्ष कार्यालयले २५ हजार क्विन्टल सोना मन्सुली र ३२ क्विन्टल २५ किलो जिरा मसिनो धान खरिद गरेको थियो ।

किसानले जिरा मसिनो धान बेच्न नल्याएकाले लक्ष्य भेट्टाउन नसकेको कार्यालयले जनाएको छ । कम्पनीको केन्द्रीय कार्यालयले जिरा मसिनोको साटोथप ५ हजार क्विन्टल धान खरिद गर्न परिपत्र गरेको शाखा कार्यालय प्रमुख विकास कटुवालले बताएका हुन् ।

कम्पनीले थप धान खरिद गर्ने जानकारी पाएपछि किसान हर्षित छन् । पर्साको विन्दवासिनी गाउँपालिका, बहुदरमाई नगरपालिका र वीरगञ्ज महानगरपालिकाको ग्रामीण क्षेत्रका किसानले दैनिक ५ देखि ८ ट्याक्टरसम्म धान कार्यालयमा ल्याइरहेका छन् । ‘मध्यम खालका किसान, जो पहिलेदेखि नै कम्पनीसँग कारोबार गर्दै आइरहेका थिए , उनीहरुले धान ल्याइरहेका छन् । कार्यालय प्रमुख कटुवालले भने, ‘किसानले धान ल्याएको पछिल्लो अवस्था हेर्दा फागुन २०(२१ गतेसम्ममा लक्ष्यअनुसार धान खरिद भइसक्छ ।

कम्पनीलाई धान बिक्री गर्दा सरकारी दरमा बिक्री गर्न पाउने र रकम पनि तुरुन्त पाइने भएकाले किसानको आकर्षण बढी छ । पछिल्लो समय धानको मूल्य प्रतिक्विन्टल २ हजार ७ सय रुपैयाँसम्म पुगेको छ ।