Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खाने तेलको ट्याङ्कर त्रिशूलीमा खस्यो

काठमाडौं। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत नौ किलोबाट ट्याङ्कर त्रिशूलीमा खसेको छ । खाने तेल बोकेको ट्याङ्कर आज साँझ त्रिशूलीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याङ्कर इच्छाकामना गाउँपालिका–६ नौ किलेबाट त्रिशूलीमा खसेको हो । ट्याङ्करका चालक र सहचालक सम्पर्कविहीन रहेको उनले जानकारी दिए। ट्याङ्करको केही भाग मात्र पानी बाहिर देखिएको छ । घटना लगत्तै उद्धार र खोजी कार्यमा जुटेको उनले बताए।