Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खामलाई अदालतले थुनामा पठायो

चितवन । माओवादी नेता कालीबहादुर खामलाई जिल्ला अदालत चितवनले हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। खाम रामहरि श्रेष्ठको हत्या मुद्दामा १५ वर्षपछि पक्राउ परेका हुन्। शुक्रवार न्यायाधीश दयाराम ढकालको इजलासमा भएको थुनछेकको बहसपछि उनलाई श्रेष्ठ हत्या मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दियो। २०६५ वैशाख २८ मा श्रेष्ठको हत्या हुँदा खाममाथि प्रमुख योजनाकारको अभियोग लागे पनि उनी १५ वर्षसम्म पक्राउ परेनन्। बुधबार उनी ठमेलमा पक्राउ परेका थिए। उक्त घटनामा तत्कालीन तेस्रो डिभिजन शिविरका ब्रिगेड कमान्डर गोविन्द बटाला पक्राउ परेका थिए। अन्य दुई अभियुक्त केशव अधिकारी र गंगाराम थापा अझै फरार छन्। खाममाथि काठमाडौँमा अवैध खरखजाना र अवैध जडीबुटीको कारोबारसँगै सरकारी दस्तखत छाप किर्तेको अभियोग छ भने रोल्पामा अवैध हतियारको मुद्दा छ।


सम्बन्धित समाचार