Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खालबाटै समातिए डेढ दर्जन

झापा । भद्रपुर नगरपालिका(५ भद्रपुर बजारस्थितमा पुल हाउसमा जुवातास खेलिरहेको अवस्थामा भद्रपुर नगरपालिका(६ बस्ने ४१ वर्षीय संजित घोस लगायत १७ जनालाई नगद २ लाख २६ हजार ५ सय ४२ रुपैयाँ र १ थान तास सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त पुल हाउसमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी उक्त नगद सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।