Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खालबाटै समातिए दुई दर्जन

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका(१२ कपन बस्ने काभ्रे पाँचखाल नगरपालिका(२ घर भएका ४३ वर्षीय बद्री प्रसाद सापकोटाको हाम्रो दुध डेरीभित्र जुवातास खेलिरहेको अवस्थामा सापकोटा समेत ७ जनालाई नगद १५ हजार ९ सय २० रुपैयाँ र तीन बुक ताससहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी बुढानिलकण्ठ नगरपालिका(१० कपनस्थित खोटाङ, खोटेहाङ गाउँपालिका(५ घर भएका ३६ वर्षीय निरज राईको अस्मिता खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा निरज राई समेत ६ जनालाई नगद १५ हजार ५ सय ५० रुपैयाँ र तीन बुक ताससहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी बुढानिलकण्ठ नगरपालिका(१ मुहान पोखरीस्थित जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६८ वर्षीय ध्रुव बहादुर कार्की समेत ११ जनालाई नगद १७ हजार ३ सय ९० रुपैयाँ र ६ बुक तास सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

दमौलीमा मध्यराति भीषण आगलागी

२०८१ जेष्ठ ७

ताजा नेपाल

छानविन समिति नबने संसद अघि नबढ्ने

२०८१ जेष्ठ ७

ताजा नेपाल