Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खास तस्करलाई घेरा हाल्दा गोली चल्यो

बुटवल । गैंडाको खाग तस्करीको आशंका रेकी गर्दा बुटवलको मिलनचोकस्थित एक होटेलमा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगरस्थित कलश होटलमा बसेका चार जनामध्ये काठमाडौं महानगरपालिका ठेगाना भएका राकेश न्यौपानेलाई गोली लागेको हो । चिउँडोमा गोली लागेका उनलाई उपचार गर्न लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्याइएको छ ।

पन्देही प्रहरीका प्रवक्ता सत्यनारायण थापाका अनुसार उक्त होटेलमा गैंडाको खाग तस्करीमा संलग्न व्यक्तिहरु बसेको सूचनाका आधारमा आइतबार बिहान नौ बजेतिर सादा पोशाकका दुईजना प्रहरी रेकी गर्न गएका थिए । प्रहरीले चार जना बसेको कोठामा चुकुल लगाइदिएर थप प्रहरी बल बोलाएको थियो ।

त्यसपछि कोठामा बसेकाहरुले ढोका फोडेर प्रहरीको पेस्तोल खोसेर गोली चलाएको रुपन्देही प्रहरीका प्रवक्ता थापाको भनाइ छ । सोही क्रममा न्यौपाने घाइते भएको थापाले बताए । प्रहरीले होटेलबाट लेकबेंसी नगरपालिका सुर्खेतका भक्तबहादुर थापा र जाजरकोट बारेकोट गाउँपालिका ७ का कर्णबहादुर राउतलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । चारजना मध्येका एक विरेन्द्रबहादुर सिंह भने भाग्न सफल भएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट एउटा खागसमेत बरामद भएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार