Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खुकुरी प्रहार गर्ने पक्राउ

खोटाङ । आफ्नै ४० वर्षीय छोरा गणेश राईलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा जन्तेढुङ्गा गाउँपालिका-२ डुम्रिबोट बस्ने ६२ वर्षीय जमान सिंह राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सामान्य बादविवादको क्रममा जमान सिंहले खुकुरी प्रहार गर्दा गणेश घाइते भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी देवीस्थानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते गणेशलाई उपचारको लागि धरान घोपा अस्पतालतर्फ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।