Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खुकुरी प्रहार गर्ने पक्राउ

संखुवासभा । चिचिला गाउँपालिका(४ मत्स्यपोखरी बस्ने ५० वर्षीय खगेन्द्र राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ४६ वर्षीय रिठ्‍ठुमान राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
सामान्य बादबिबादमा रिठ्‍ठुमानले खगेन्द्र राईलाई खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चिचिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते खगेन्द्रलाई उपचारको लागि स्थानिय मेडिकल लगिएकोमा थप उपचारको लागि जिल्ला अस्पताल खाँदवारी रिफर गरिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल