Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खुट्टाको घाउले रोकियो रविको चितवन यात्रा

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको विषयमा यतिबेला सामाजिक सञ्जालमा चासो र कौतुहल बढिरहेको छ । उनी धेरै दिनदेखि सार्वजनिक कार्यक्रमहरुमा देखिएका छैनन् ।चुनावमा बहुमत ल्याउने ध्येय बोकेको पार्टीका मुख्य कमाण्डर नै अचानक ‘गुमनाम’ हुँदा चासो र चिन्ता उत्पन्न हुनु स्वभाविक हो । सामाजिक सञ्जालमा कतिपयले व्यक्तिहरुले अनेकखाले ‘षडयन्त्रका सिद्धान्त’ आविस्कार गरिसकेका छन् । केहीले त उनी राजनीतिक नजरबन्दमा रहेको हुनसक्ने भनेर समेत लेख्न भ्याए । तर, निकट स्रोतका अनुसार रवि बाहिर ननिस्किनुको मुख्य कारण खुट्टाको चोट नै हो । झापामा भएको रास्वपाको जनसभास्थलमा जाने क्रममा पर्खालमा ठोक्किएर रविलाई खुट्टामा चोट लागेको थियो । त्यसबेला सामान्य ठानिएको चोटले उनलाई अहिलेसम्म दुख दिइरहेको छ । झापाबाट चितवन र त्यसपछि काठमाडौ आएका उनी अहिलेसम्म राम्ररी हिँडडुल गर्न सकेका छैनन् । घुँडाभन्दा मुनि लागेको चोट बढेर भित्री तहमा इन्फेक्सन भएपछि रवि अस्पताल नै भर्ना हुनु परेको थियो । उनी १३ माघमा त्रिवि शिक्षण अस्पताल भर्ना भएर तीन दिनपछि डिस्चार्ज भए । त्यसपछि घरमै आराम गरिरहेका छन् । घाउ सुधार भइरहे पनि ठिक भइसकेको छैन । चोट लागेको ठाउँमा गहिरो खाल्डो बनेको छ । दिनैपिच्छे डेसिङका लागि मेडिकल जाने गरेका छन् । निकटस्थका अनुसार उनलाई अहिले शौचालय जान पनि अरुको सहारा चाहिन्छ । ‘चुनावको मुखमा घाउले धेरै दुख दियो, तर अब उहाँ बाहिर निस्किने तयारीमा हुनुहुन्छ,’ निकट स्रोतले भन्यो । रविले आजै चितवन जाने सोच बनाएका थिए । तर, चिकित्सकले नजान सुझाव दिएपछि उनी रोकिएका छन् । तर धेरै दिन रोकिने मुडमा छैनन्। भोली–पर्सीतिरै जानसक्ने बुझिएको छ । चितवनमा गएर पनि उनी चुनावी प्रचारमा हिँड्न सक्ने अवस्था भने छैन । तर उनले घरमा बस्नुभन्दा आफ्नो चुनाव क्षेत्रमै गएर रेस्ट गर्ने बताइरहेका छन् ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल