Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खुफिया एजेन्सीले देखायो नेपालमा रमिता !

काठमाण्डौ । आफ्नो कुर्सी जोगाउन प्रधानमन्त्री केपि ओलीले जसपाले उठाएको नागरिकता सम्बन्धी एजेण्डा स्वीकार गर्दै अध्यादेश जारी गराए । संसद विघटन गरि अध्यादेशमा रमाउने बानी परेका अध्यक्षका नाताले पार्टीको अविभावकको जिम्मेवारी समेत लिएका केपि शर्मा किन यसरी गिर्न थाले शंका छ । यही बेला बजेट मार्फत चुरे दोहनको निर्णय मात्र होइन प्रम ओलीको निर्देशनमा मेडिकल शिक्षा आयोग माथि पनि प्रहार भएको छ । प्रम ओल्ीले भारतीय (रअ) प्रमुख सेमन्त गोयलसँग बिताएका तीन घण्टाको परिणाम हो हालको अस्थिरता । ओलीले सम्मानीत अदालतलाई काबुमा लिए । संवैधानिक परिषदको नेतृत्व डिजाइनमा मात्रै केन्द्रीत गराए । परिषदको ऐन फेरेर ६ जनाको समितिमा ३ जनाको बहुमत मान्ने संसदीय व्यवस्थाको नमूना विश्वमा उदेक लाग्दो निर्णय गराए । बहुमतको कदर नगर्ने अल्पमतको हैसियतमा जस्तो सुकै निर्णय गराएर राष्ट्रपतिलाई प्रयोग गर्ने कुरा ओलीका लागि सामान्य भए ।
ओली अध्यादेशबाट देश चलाउन खोज्ने तर सम्मानीत अदालतले अध्यादेश खारेज गर्ने प्रतिस्पर्धा त्यस्तो बेला चलाइयो । जुनबेला नेकपालाई त्यही सर्वाेच्चका न्यायधिसहरुले नेकपा फुटाई दिएका थिए । पार्टी फुटाउन इश्वरको साथ नागारिकता अध्यादेश ल्याएर केपि ओलीले संविधान र कानूनको धज्जी उडाउदा सुभाष नेवाङ्ग, अग्नी खरेल, बाबुराम दाहाल, हरि कृष्ण कार्कीहरुले कस्तो सुझाव दिए होलान् ? प्रमका सल्लाहकारहरु सबै उनको गुटका हुन् ?
नेपाली जनताले नागरिकता पाउनु पर्छ । तर त्यसको प्राप्तीका लागि राखिएका प्रावधान कडा हुनुपर्छ । छिमेकीसँगको सम्बन्ध नागरिकतासँग जोड्नु हुदैन । बिहारीहरुले अंगिकृत नागरिकता लिएर नेपालको शासनमा रजाँइ गरेका छन् । भारतसँग सिमा जोडिएका मधेसका जिल्लामा ज्वाँइलाई नेपाली बनाउने तर घरवास नभएका आफ्नो भूमि नभएको जनतालाई नागरिकता दिलाउन नचाहाने महन्त र राजेन्द्रहरुले सत्ताका लागि जस्तो पनि गर्दा रहेछन् । यीनको जनता मोह मुसहर र डूम जातीमाथिको अत्याचार होस् वा दाईजोको कारण बुहारी मार्नेहरु माथि खबरदारी कहिले भयो ? बोक्सीको आरोपमा मधेसमा जस्तो अत्याचार अरु जिल्लामा छैन । महन्त राजेन्द्रले सरकारमा पुग्दा किन त्यो अन्धविश्वास र कुरिती विरुद्ध अभियान चलाएनन् ।
तीनै ओली स्वार्थ पूरा गर्न धोर राष्ट्रवादी भए । जनतासँग भोट लिने उनले भारत विरोधी जनमतको उपयोग गरे । आँफू चुनाव जितेपछि सरकार बनाउदा नेकपाको मोर्चा नै बलियो थियो । तर उनी त्यो मोर्चालाई टिकाउने भन्दा शुरु देखि नै भत्काउन सकृय भए । यसका प्रमुख कारक हुँदा पनि पार्टी एकता भएको छ एकताको मर्म विरुद्ध इश्वरहरु खटाईए । एमालेले मात्र १२१ सीट आएको थिएन । एकताका बेला भएका संझौता तोड्ने काम ओलीबाट भयो । उनको दाश बनेर लुट्नेहरु सकृय भए । अरु दाश बन्न चाहेनन् । ओलीलाई राजा मानेर नेकपा टिक्नु थिएन । माधव, झलनाथ, ओलीले भन्दा माले एमालेमा लगानी गरेका नेता थिए । आफू सम्मानीत हुन अरुको सम्मान गर्नुपर्छ ओलीले गरेनन् अहिले उनी एक्लीए । किनकी अहंकार र जिद्दीले सधै काम गर्दैन ।
सरकार जनता संकटमा पर्दा हरायो, ओलीको टीमले जनतालाई दाश कार्यकर्तालाई हनुमान बनायो । पार्टीबाट माओवादीलाई खेदिएकाले ओलीको मनपरि रुचाउने स्थिति थिएन । पछिल्लो पटक प्रम ओली आफैले गरेका निर्णयको धज्जी उडाउन थालेका छन् । अदालतले संसद विउँताउने स्थितिमा प्रम ओलीलाई त्यही अदालत र संसदबाट अवैध कार्य गर्न न्यायधिस र कानून व्यवसायीको साहरा लिएका थिए । सबै तिर ओलीलाई बा को नाता लगाएर विकास पूर्वाधार भत्काइएको छ ।
एमाले संस्थापकहरु माधव, झलनाथले जोगाए जोगिन्छ । ओलीको मनपरीलाई दरवन्दी काठमाण्डौ भएका तरुण यूवाहरुले सच्चिनका लागि गरिबी, निवारणको एजेण्डा विश्वास गर्नु पर्ने बाध्यता आउदै छ । गण्डकी प्रदेशको सरकार अल्पमतमा परेपनि प्रधानमन्त्रीको कुर्सी मोह नटुट्ने अवस्था खुलेर आएकै छ । जब डाक्टर र सुरक्षा अंग समेत उत्तानो पर्छ । प्रमओलीको स्वार्थमा देशको कानून नीति नियम तोडिएको हुन्छ । संसदको अपमान भएको छ । संसदीय गरिमा भत्केका छन् । देशमा कूशासन र कम्युनिष्टको चरित्र प्रदर्शन भएको छ । गल्ती स्वीकार्न नसक्ने प्रम ओलीकै कारण कम्युनिष्ट पार्टीको भोलीको बाटो छेकिएको छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल