Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खुमबहादुरका छोरा काँग्रेसको सूचिमा

काठमाडौं । विरासत खोज्दै राजनीति गर्नेहरुको भीड नेपालमा कम छैन । कोही साँच्चै राजनीतिमा होमिएका छन् भने कसैलाई हात समातेर राजनीतिमा तानिएको छ, लाभको पद दिलाइएको छ । यस्तै हो आफ्नो हात जगन्नाथ ।नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काका छोरा अनुराग खड्का प्रतिनिधि सभाको लागि दाङ क्षेत्र नम्बर १ बाट सिफारिसमा परेका छन्। कांग्रेस क्षेत्रीय समिति दाङ १ ले प्रत्यक्षतर्फ महाधिवेसन प्रतिनिधि खड्का सहित ४ जनाको नाम सिफारिस गरेको हो। सिफारिसमा परेकामध्ये केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेको नाम एक नम्बरमा छ। त्यसपछि अर्का केन्द्रीय सदस्य योगेन्द्र चौधरी र नेता प्रदीप थापाको नाम पनि सिफारिस भएको छ। यस्तै क्षेत्र नम्बर १ मा समानुपातिकतर्फ पूर्वसांसद सुशीला चौधरी, आत्माराम भट्टराई, खडकबहादुर सुनार , द्रोण भुसाल, गोविन्द रेग्मी, रामप्रसाद चौधरी र जमिर शाहको नाम छ। दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि पूर्वसांसद तथा लुम्बिनी प्रदेशका उपाध्यक्ष राजु खनाल, पूर्व जिल्ला सभापति घनश्याम रेग्मी, नेता किरण किशोर घिमिरे र भरतबहादुर न्यौपानेको नाम सिफारिस भएको छ। समानुपातिकतर्फ विमला योगी, सपना बोहरा, पूर्व जिल्ला सभापति वीरकेशरी गौतम, नेता नदनकुमार शर्मा, हरि रजौरे, गोविन्द मज्गैँया, तेजबहादुर बिक र गणेशमान चौधरीको नाम सिफारिस गरिएको छ । दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीको नाम एक नम्बरमा सिफारिस भएको छ। त्यस्तै कमानसिंह डाँगी, यमप्रसाद पाण्डे, मदन रसिक, बिजुल विश्वकर्मा र राजेन्द्र धितालको नाम सिफारिस भएको छ। समानुपातिकतर्फ केन्द्रीय सदस्य गेहेन्द्र गिरी, पूर्वसांसद बुद्धिराम भण्डारी, पूर्व जिल्ला सभापति कीर्तिबहादुर खड्का, नेता घनश्याम श्रीपाली, चुर्णबहादुर चौधरी र महिलामा देवीका नेपालीको नाम सिफारिस भएको छ।