Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खुमलटारमा भिड्दैछन् ओली र दाहाल

काठमाडौँ । सत्तारुढ दल नेकपाको पार्टी विवाद उत्कर्षमा पुगेका बेला नेकपाका एक नम्बर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुग्दैछन् ।

खुमलटारमा ओली दाहाल एक्लाएक्लै वार्ताको तयारी भएको स्रोतले जनाएको छ । दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार प्रधानमन्त्री ओली खुमलटार आउन लागेको नेकपाकै नेता सुवास नेम्वाङले जानकारी गराएका छन् । खुमलटारमा हुने ओली दाहाल वार्ताले पार्टी विवादमा निकास दिने अपेक्षा गरिएको छ । दाहाल नेपाल समूहले भेला तीब्र पारेपछि निकटस्थहरूले समेत ओलीलाई मिलेर जान दबाब दिइरहेका छन् ।

अध्यादेश फिर्ता लिन भएको सहमति कार्यान्वयन नगरेपछि दाहाल नेपाल समूह ओलीविरूद्ध कठोर कदम चाल्ने रणनीतिमा लागेको छ । यसैको श्रृंखलास्वरूप दाहाल नेपाल समूहले शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा भेला तथा प्रशिक्षणसमेत गरेपछि ओली अझ बढी दबाबमा छन् । यद्यपि शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा भएको भेलामा उपाध्यक्ष बामदेव गौतम उपस्थित नभएपछि दाहाल नेपाल समूहमा शंसय छाएको छ ।


सम्बन्धित समाचार