Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खुर्पा प्रहार गरी हत्या

रुपन्देही । आफ्नै बुवा ७० वर्षीय राम नारायण यादव र आमा ६५ वर्षीया ठगन्ना यादवलाई धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा ओमसतिया गाउँपालिका(४ सानो बालापुर बस्ने ३० वर्षीय गोरख यादवलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको कारण गोरखले खुर्पा प्रहार गर्दा बुवा राम नारायणको घटनास्थलमै मृत्यु भएको तथा गम्भीर घाइते भएकी आमा ठगन्नाको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै खुर्पा प्रहारबाट घाइते भएका उनकै दाजु ५० वर्षीय जोगेन्द्र यादवको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल