Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । भ्रष्टाचार भएका विषय अनदेखा गरेर संसदको लेखा समितिले भनेको कुरा नपत्याउने तत्कालिन प्रम केपी शर्मा ओलीको दम्बको घैंटो फुट्न थालेको छ । कोरानाकालको समयमा बजेटको व्यवस्था नगरी रातारात तत्कालिन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको सल्लाहकारमा डा. खेम कार्कीलाई परिचालन गर्दा अनिता विजनेश हाउस प्रयोग भएको थियो । जुन कम्पनीसँग तत्कालिन उपप्रम एवं रक्षामन्त्री ईश्वर पोखरेल पुत्र स्वराज पोखरेल जोडिएका थिए । यो लुटले समृद्धि र विकासमा छलाङ मा¥यो । बाका छाउराहरू करोडपति भएका छन् । कोटेशन चारवटा कम्पनीको परे पनि ओम्नीलाई काम दिने र बजार मूल्यभन्दा चार दोब्बर मूल्य राखेर लुट मच्चाइएको थियो । यो टोलीबाट एन ९५ माक्सको मूल्य ५६२.५० बाट दोब्बर बनाएर प्रतिमाक्स रु ८२८ रूपैयाँ ६७ पैसा कायम गरिएको थियो । त्यही माक्स एक महिना अघि प्रतिपिस रु २६५ रूपैयाँ ४८ पैसा रहँदा रु ६४८ न्युनतम मूल्य राखिएको थियो । ज्वरो नाप्ने थर्मलगन ४ हजार प्रतिपिस कायम भए पनि ओम्नीसँग प्रतिपिस रु ७ हजार ५ सय कायम गरेर राम्रै कमाई गर्न ईश्वर पोखरेलहरू सफल भएका थिए र त विना विभागीय उप्रधानमन्त्री भएर प्रधानमन्त्री कार्यालयको चौकीदार बसेका थिए ईश्वर पोखरेल । रु १ अर्ब ३० करोडको त्यो ठेक्का हो । तर श्रोतको व्यवस्था थिएन । रक्षामन्त्री भए पनि पोखरेललाई कोराना कालको स्वास्थ्य सामग्री खरिद र नेपाल ट्रष्टको सम्पत्ति माफिया समूह थामसेर्कु समूहलाई सुम्पने काम भएको हो । ओली काल नीतिगत लुटको स्वर्णिम युग थियो । सरकारी सम्पत्ति माफियालाई सुम्पदा आउने कमिशनको हिसाव ओलीले राख्थे । सरकारी कामको ५ करोडसम्मको ठेक्का उनी आफैंले निगरानी गर्थे । आफू हुकुमी शासक बनेका ओलीले कालो बजार नियन्त्रणमा चासो दिएनन् । एकीकृत पार्टी छिन्नभिन्न पारेर आफूबाहेक कुनै नेतालाई बोल्न नदिने जनवाद लागू गरेका थिए । अहिले एमालेमा त्यही छ । समृद्धि र विकासको नारा जसरी उरालियो काम भने बिचौलिया मार्फत् गरियो । सम्पत्ति सुद्धिकरण, राजश्व अनुसन्धान, राष्ट्रिय अनुसन्धानलाई केपी कालमा प्रधानमन्त्रीको कार्यालय अन्तर्गत राखियो । अहिले पनि ती संस्था प्रम कार्यालय अन्तर्गत रहेका छन् । तर निष्कृय छन् । तीनले आदेश प्रमकै खोज्छन् । विद्युत प्राधिकरण नमूना बन्दैछ । ओम्नीले कति सामान दियो कस्तो दियो त्यसको अनुगमन भएन । रक्षामन्त्रीकै पुत्र सहभागी त्यो कम्पनी स्वास्थ्य मन्त्रालयको रोजिन्दा ठेकेदार को हो ? अहिले स्वास्थ्यमन्त्री मोहन बस्नेतले त्यही ठेकेदारसँग स्वास्थ्य सामग्री खरिद गर्दैछन् । कोरोाना कालको रु १ अर्ब ३० करोडको खरिदमा ६४ करोड भ्रष्टाचार भएको चर्चा थियो । त्यो बेला हुकाम समूहले भारतबाट भ्याक्सिन खरिद गर्न प्रति भ्याक्सिन ३ डलर बढाएर ३३ करोड लुट्न खोज्दा तत्कालिन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले रोकेका थिए । त्यो समूह व्यापारी घराना वैद्य अर्गनाइजेशनसँग निकट थियो । आफ्नो लूट सफल बनाउन सुरज वैद्यले बालुवाटार प्रयोग गरेका थिए । सिसिएमसीका अध्यक्ष भएकाले ईश्वर पोखरेल पनि सक्रिय थिए । अहिले काँग्रेसी डन मोहन बस्नेतको आतंक स्वास्थ्य क्षेत्रमा छ ।
बिरामीको निःशुल्क खाना खोसियो
खोलाको बगर र बालुवा खानीका ठेकेदार चरित्रका मोहन बस्नेतलाई काँग्रेसका सभापति शेरबहादुर देउवाले राणा परिवारका ज्वाई भएकै कारण मोहनको राजनीति काँग्रेसमा जोगिएको हो । वीर अस्पतालको भर्ति केन्द्रभित्र गुण्डागर्दी स्वाभावका बस्नेतले इन्द्रावति गाउँपािलकाको सामुदायिक स्कुलमा २ जना छाडा शिक्षकलाई प्रहरी कारबाहीबाट जोगाउन पहल गर्दा महिलावादी आन्दोलनको निशाना हुने डरले पछि हटे । उनको चुनाव जित्न लगेको प्रहरीको लुटपाटमा सहभागी भएर जागिर नै गयो । स्वास्थ्यमा आतंक चर्को छ । वीर अस्पतालमा बस्नेतको डदवाद चर्को थियो । जनताले राहत पाएका छैनन् । कोभिड कालको भत्ता समेत नदिएर मोहन बस्नेत स्वास्थ्य मन्त्री भएपछि अस्पतालहरू मानव सेवा होइन मृत्युको घण्टी बनाउने थलो बन्न पुगेका छन् । वीर अस्पतालका विरामीले पाउँदै आएको निःशुल्क खाना र खाजा पनि अहिले रोकिएको छ । प्रत्येक खरिदमा वीर अस्पताल राष्ट्रिय प्रतिपठान र अस्पतालको खरिद शाखाले होइन अब मन्त्रालयमा संगीता मिश्राबाट खरिद गरिन्छ । ६० करोडको भेन्टिलेटर वीरले किन्नु पर्ने बस्नेतको टीमले किनेर अस्पताललाई दिलाउने भएको छ । अस्पतालमा सामान समेत विभाग मार्फत् किनाएर कमिशन खाने कर्म गुण्डागर्दीमा रमाउने लुटेरा स्वभावका डन स्वास्थ्यमन्त्रीबाट भएको छ । सर्वोच्चको झापडबाट डा. सन्तोष पौडेलले न्याय पाएका छन् । वीर अस्पताल सुधार्ने उनी सफल पात्र मानिन्छन् ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल