Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खुल्यो दसैंमा घर जाने टिकट

काठमाडौँ । कोरोना संक्रमणका कारण अघिल्लो वर्षको दशैं खासै उल्लासमय हुन सकेन । यस पाला भने कोरोना संक्रमण केही मत्थर भएका कारण दशैंको चहपहल बढेको छ । सोमबारदेखि दसैंका लागि लामो दूरीका यातायातको अग्रिम टिकट बुकिङ खुलेको छ । दसैंमा घर जानेहरू बिहानैदेखि नयाँ बसपार्कलगायतका स्थानमा टिकट बुकिङका लागि पुगेका छन् । यातायात व्यवस्था विभागका अनुसार अग्रिम टिकट बुकिङका लागि उपत्यकाका विभिन्न १४ स्थानमा हेल्प डेस्क स्थापना गरिएको छ । १४ स्थानबाट टिकट लिन र यात्रु छुट्ने व्यवस्था गरिएको विभागले जनाएको छ । ती स्थानमा नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नाडा (नाडा) सामुदायिक प्रहरी,ट्राफिक प्रहरी, विभागसहितको हेल्प डेस्क रहेका छन् । यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिए तत्कालै कारबाही गरिने विभागले जनाएको छ । साथै यात्रुको चापलाई मध्यनजर गर्दै अनलाइन टिकट बुकिङको पनि व्यवस्था मिलाइएको यातायात व्यवसायीले जनाएका छन् ।