Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खेलकुदमन्त्रीले त्यागे अमेरिका भ्रमण

काठमाडौँ । सामाजिक सञ्जालमा चौतर्फी विरोध भएपछि एक मन्त्रिको अमेरिका जाने रहरमा तुषारापात भएको छ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका भ्रमणमा नजाने भएका छन् । उनका प्रमुख स्वकीय सचिव विनोद रिमालले मन्त्री गुप्ता अमेरिका नजाने तय भएको बताए । रिमालले भने, उहाँ अमेरिका जाने भन्ने थियो । तर, एक त क्याबिनेटबाट निर्णय हुन ढिलाइ हुन पुग्यो । त्यसपछि पनि जाने नजाने भन्ने ठोस निर्णय हुन बाँकी थियो । अहिले आएर उहाँले भिसाका लागि आवेदन नै दिनुभएन । अब जाने कुरा हुन्न । नक्कली निमन्त्रणा बनाई जेनजी आन्दोलनपछि नेपालको विकासमा गैरआवासीय युवाहरूको भूमिका विषयक कार्यक्रममा भाग लिन उनी अमेरिका जान लागेको भन्दै व्यापक आलोचना भएको थियो । मन्त्रिपरिषद्को पुस २१ गते बसेको बैठकले मन्त्री गुप्तालाई अमेरिका जान स्वीकृति प्रदान गरेको थियो ।


सम्बन्धित समाचार

पुराना दलका शीर्ष भनिएकाहरुको बढारिए

२०८२ फाल्गुन २५

ताजा नेपाल

समानुपातिकमा कुन दलको कस्तो छ अवस्था ?

२०८२ फाल्गुन २५

ताजा नेपाल