Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री रवि लामिछानेको नाममा लिएको अडान अन्ततः भरियाले चौतारीमा भारि बिसाए सरह बिसायो । गणतन्त्रका खम्बा महामन्त्री गगन थापाले संसदीय छानविन समितिको कार्यदेश निर्माणमा लिएको अडान छाडेर व्यक्ति केन्द्रीत थापाको आक्रमण संस्थामा ठोकियो । लामिछाने जोडिएका सहकारीको नाम कार्यदेशमा रहने रविको नाम नहुने भएको छ । गृहमन्त्री लामिछानेले रोल्याक्स घडी चोरीदेखि देशको सूचना बेच्ने, बाख्रा फर्म चलाउन १५ करोड अनुदान खाने, देशको सूचना अमेरिकी खुफिया संस्था सिआइएलाई बेच्ने कुरा संसदमै खोलेपछि महामन्त्री थापाको मात्र होइन काँँग्रेसभित्रकै भ्रष्टाचारकी कुलदेवी डा. आरजु राणाको मुहारै कालो भयो ।
उत्ताउलो राजनीति गगन र रविको एकले अर्कोलाई सिध्याउने खेल थियो । गगन काँग्रेसको विरोध प्रदर्शन र सभामा देखिन पनि नसक्ने गरी थचमरिए । उनको टिमका सहमहामन्त्री जीवन परियारलाई तह लगाउन एकएक टेरामक्स प्रकरणका हस्ती ज्ञानेन्द्र कार्की छानविन समितिको टिममा जोडिन पुगे । देवर बाबुहरूको उग्रताले नक्कली भुटानी शरणार्थी छानविन प्रकरणको फाइल खोतल्ने स्थिति बन्दै गर्दा काँग्रेस साइजमा आयो । त्यसैले काँग्रेसले सरकारको नीति तथा कार्यक्रममा छलफल गर्न नदिए पनि संयुक्त सदनमा बजेट ल्याउन दिएको हो । औंलो दिँदा डुडुल्नो निल्ने चरित्रका देवरहरूको उग्रताले सबैभन्दा डर डा. आरजुलाई भयो । डा. आरजु सेनिटरी प्याडको राजश्व मार्नेदेखि टेरामक्स प्रकरण, स्वास्थ्य उपकरण खदिर, नक्कली भुटानी शरणार्थी प्रकरणसँग प्रत्यक्ष सहभागि भएकी छन् । संयोगले चोरीदेखि खरिद प्रक्रियासम्म जोडिएका पात्र काँग्रेस संस्थापनकै धेरै छन् । काँग्रेस सुशासन र विकासको बाधक बन्ने शक्ति हो । जसले भ्रष्टाचारमा डुबेका पात्र र प्रवृत्तिको रक्षा गर्दै सार्वजनिक सम्पत्ति हजम गर्ने, बाँसबारी छालाजुत्ताको जमिन कब्जा गर्ने, कथित उद्योगी, स्काउटको जमिन कब्जा गर्ने, शिवपुरी जलाधारले तोकेभन्दा बढी स्थान कब्जा गरी होटल सञ्चालन गर्ने, भृकुटी मण्डपकै जमिन सस्तोमा लिएर महंगोमा भडा लगाउने बहादुरहरूलाई सांसद बनाएको छ । विनोद चौधरी, टेकबहादुर गुरुङ, प्रदीप खड्का पार्टी संस्थापनका हस्ती हुन् । कुलदेवीलाई कुलप्रसाद चढाएर गठबन्धनबाट चुनाव जितने काँग्रेसलाई चिन्ता पत्रकारिताको आवरणमा तस्करी गर्ने कैलाश सिरोहियाको छ । जसले वंशजको आधारमा नागरिकता लिँदा बाबु, आमा, दिदी, भाईहरूले अंगिकृत नागरिकता लिएको पत्ता पाएनन् । आफूलाई बोनाफाइड पत्रकार बनाएर अदालती आदेश र प्रहरीको अनुरोध लत्याएर आफैंले प्रहरी बोलाएर पक्रन लगाउने कैलाश सिरोहिया काँग्रेसको नगद सम्पत्ति भएका छन् । अब काँग्रेसले प्रजातन्त्र र प्रेस स्वतन्त्रताको रक्षा गर्न प्रेस युनियनलाई खटाउनै परेन । किनकि श्रमजीवीको परिश्रम हजम गर्ने सिरोहियाले पालेका प्रशासन, अदालत, कुटनीति, समाजसेवी, प्राध्यापक, वकिल, नागरिक अभियन्ताहरूको भित्री चरित्र भनेकै देशघात हो । पार्टी सपार्ने संकल्प गरेर चुनावमा आफू जितेर गठबन्धनमाथि घात गर्ने डा. शेखर कोइराला निःशब्द भएको त्यसै होइन । खोतल्दै जाँदा बाख्रे काजीदेखि मदर टेरेसासम्म जोडिएका विश्वप्रकाश शर्माहरूलाई संकट पर्ने भयो । देशको अवस्था सुधारका कुरा भड्खालोमा जाओस् काँग्रेस बदनाम होस् भन्ने ठेकेदार र व्यापारी बोक्दा प्राप्त हुने फल भ्याकुतो जति उफ्रे पनि कुवामै भन्ने भएछ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल