Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खोलाको बगरमा २३ अर्ब स्वाहा

काठमाडौं । राज्य लुट्ने नागरिक उड्डयन प्राधिकरणलाई हतियार बनाएर २३ अर्ब राजश्व खोलाको बगरमा थन्क्याउने विष्णु पौडेल रूपन्देही ४ मा उम्मेदवार छन् । प्रदीप अधिकारी जस्ता भ्रष्ट जेलमा छन् । तर उनको जेल बसाई काभ्रेको हेलिप्याड निर्माणमा १४ करोड ६८ लाख घोटाला सम्बन्धी हो । पोखरा एयरपोर्टमा १३ अर्ब भ्रष्टाचार काण्डमा विशेष अदालतले तोकेको धरौटीले न्यायिक क्षेत्र नांगियो । अधिकारीलाई त्यो पद दिलाउने तत्कालिन नेकपा एकीकृतका अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल हुन् । घुस खुवाउन नसक्दा प्राधिकरणका सक्षम विवादरहित उपमहानिर्देशकहरूले अवसर पाएनन् । गुण्डा चरित्रका भ्रष्टाचारले कुम्लिएका अधिकारीले पुष्पकमल दाहाल प्रधानमन्त्री छँदा छोरी गंगा दाहाल मार्फत् पर्यटनमन्त्री सुधन किराँतीलाई ठाउँमा ल्याएका थिए । चर्चामा आउन मन्त्रीको कार्यकक्षमा पोछा लगाउने सुदन यति बेला प्रलोपामा गए पनि हर्क राईको चुनावप्रचारमा छन् । राईले भ्रष्ट प्रदीप अधिकारीको विगतको लूटमाथि अध्ययन गरेनन् । अर्थमन्त्री पदमा पुगेर विष्णु पौडेलले लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलको लागि ४५२ विघा जमिन प्रतिविघा ४ लाखमा खरिद गर्ने नाउमा रु २३ अर्ब निकासा गराए । तर त्यो जमिन खोलामा पर्छ । त्यसबारे छानविन गर्न संसदको आर्थिक समितिमा भएको छलफलले मञ्जु खाँडाको नेतृत्वमा छानविन समिति बनायो । त्यो समितिले प्रदीप अधिकारीको साथ दिएर कति हजम ग¥यो काम गरेन । त्यो छानविन भएको भए विष्णु पौडेल सांसदको उम्मेदवार बन्ने थिएनन् । यो सत्य बुझेका प्रेम आलेले ओली शासनले नेपाल ट्रष्टको नाममा रहेको नारायणहिटी दरबार भित्रै आनन्द बतासले भट्टी पसल चलाउने गरी पाएको बक्सीस खोसे । तर पशुपति धर्मशालामा बतास होटल चलेकै छ । ४५२ बिघा जमिन प्राधिकरणलाई भिडाए । पैसा खाने प्रदीप अधिकारी र विष्णु पौडेल, केपी ओलीको पौरख आज पनि खोलामै छ । तर आलेले धनगढी एयरपोर्ट र दिपायल एयरपोर्ट विस्तारका लागि पैसा माग्दा दिएनन् । नेपालका शासकहरू भ्रष्टाचारी भए । समृद्ध नेपाल, सुखी नेपालीको ठाउँमा समृद्ध नेता दुःखी नेपाली भएको छ । नेतृत्व भ्रष्टाचारीका चर्चित हुँदा एयरपोर्टकै नाममा कति राजश्व डुबेको छ त्यो २३ अर्ब लुम्बिनी एयरपोर्टका कथा हेरे पुग्छ । त्यहाँ एयरपोर्ट कसको स्वार्थमा बन्यो, हवाई मार्गका लागि भारतसँग स्वीकृत लिन किन सकिएन ? पोखराको हालत के छ ? नेतृत्व गम्भीर नहुँदा ओली शासनका यस्ता भित्री कथा र व्यथा कति छन् । त्रिभुवन अन्तर्रष्ट्रिय विमानस्थल पुननिर्माणको लुट कति छ । आले भन्छन्, पार्टीको अध्यक्ष भएर भ्रष्टाचारको केशमा जेल जाने नेता केपी ओली नै हुनेछन् । पर्यटन, संस्कृति मन्त्रालय अन्तर्गन नै वाइडबडी भुक्तानी प्रकरण छ । पशुपतिको जलहारी र धर्मशाला काण्ड त्यही जोडिन्छ । नेपाल ट्रष्टको जमिन भाडा काण्ड त्यही छ । गोकर्ण रिसोर्ट काण्ड त्यही छ । पाएसम्म र भेटेसम्म कतै केही बाँकी नराख्ने नेकपा एमाले किन विवादमा पर्छ ? त्यो पार्टीमा यस्ता विषयमा छलफल हुँदैन । मुखले समृद्धि र विकास भन्ने व्यवहारमा राज्य दोहन गर्न नछाड्ने प्रवृत्ति नै बदमासीको कारक बन्दैछ ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल