Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गगनको अडानले बुढा देउवालाई आपत

काठमाडौं । सबैतिर आफू बहुमत भएर के भो काँग्रेसमा पार्टी स्थापनालाई तह लगाउने एक से एक युवाहरू खडा भएका छन् । महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा हुँदै भए । अहिले शर्मा नरम, गगन कडा भएका छन् । उनका पछाडि डा. शेखर कोइराला छन् । त्यहाँ हिन्दूत्वको एजेन्डा लिएर केन्द्रीय सदस्य शंकर भण्डारी आए भने पार्टीका आधिकारीक प्रवेदनप्रति असहमति जनाउने डा. शेखर कोइराला, अर्जुननरसिंह केसी, सभापति कै गुटका केन्द्रीय सदस्य नैनसिंह महरसम्मले आफ्ना तर्क पेश गरेका थिए । असफल मन्त्री किन फिर्ता नगरेको भनेर सभापतिलाई ¥याख¥याख पारियो । तर ढुंगो बोल्ला सभपातिले उत्तर दिँदैनन् । उनले पनि डा. आरजु म्याडमको आदेश नलिई बोल्न भएको छैन । काँग्रेस परम्परागत रूपमा चलाउन हुन्न भन्नेकै जमघट बढ्दो छ । नेतृत्वमा पुगेका र सरकारको मन्त्री बनेका असक्षम र असफल पात्रहरू धेरै पार्टी सभापतिकै वरपरका छन् । १६५ केन्द्रीय सदस्य प्रतिनिधिसभा निर्वाचन क्षेत्रका १ हजार ७ सय ८० जना महासमिति सदस्य, जनसम्पर्क मञ्चका ८९ र भातृ संस्थाका ६९ जना गरी २१२३ जना आधिकारीक सहभागी रहेको नीति अधिवेशनमा उद्घाटन शत्रमै केन्द्रीय समितिले पारित गरेको युवा महामन्त्री गगन थापाको प्रतिवेदनले चर्चा पायो । उनले अबको काँग्रेसले कसैसँग गठबन्धन गर्ने छैन भन्दा प्रमका लागि पालो कुरेका देउवा आत्तिए । थापाको प्रतिवेदन भोलिको चुनावका काँग्रेस कसैसँग गठबन्धन गर्ने छैन भन्ने सवालमै केन्द्रीत छ । सभापति देउवालाई त्यही प्रतिवेदनले झस्काएको हो । त्यसो त थापाकै प्रतिवेदनको स्तरमा वरिष्ठ नेता डा. शेखरले समेत विमती जनाए । उनको विमती हल्का भो भन्ने हो । उनले गठबन्धन सरकारको विरोध गर्दा संसदमा आफ्नो पार्टीको हैसियत र संसदीय दलमा आफ्नो पक्षको संख्याको ख्याल गरेनन् । सत्ता नपाएसम्म सियो हुने पद पाएपछि आफैं मालिक ठान्ने केपी ओलीकै जस्तो प्रवृत्ति काँग्रेसमा पनि छ । जो सिंहदरबार, टोखा, बुढानिलकठको द्वारे बनेर ठेक्कापट्टाका फाइल बोक्न सक्रिय छन् । उनीहरू जनताको अगाडि देखिँदा नमर बन्छन् नेताको चाकडीमा जाँदा कुलिन हुन्छन् हो यिनैले आफ्नो पार्टीका भ्रष्ट र असफल मन्त्रीको बारेमा बोल्दैनन् । यिनको शिर भनेको ३४ सिटे माओवादीलाई ८८ सिटे काँग्रेसले सरकारको नेतृत्व दियो भन्ने मात्र हो । भ्रष्ट समातिँदा यिनीहरू आक्रोशित हुन्छन् । त्यस्तालाई नेतृत्व दिन काँग्रेस किन बाध्य भयो ? हिजो आफैंले सभापतिलाई उचाल्दा चुनाव अगाडिको सहमति तोड्दाको अवस्थाले संसदमा कुन रूप लियो त्यो देख्दैनन् । गगन शेखरकै कारण काँग्रेसले झण्डै राष्ट्रपति पद फुत्काएको थियो । केपीको दम्बलाई तोड्न विश्वासको मत लिएपछि प्रधानमन्त्री सक्रिय भएकाले काँग्रेस ठालु भएको हो । आफ्नो उर्भौलो चरित्र बिर्सन चुनावी सरकारको नेतृत्व सभापति देउवाले गर्ने गरी भएको यो गठबन्धनमा काँग्रेसी कोणबाट समृद्धि र विकासलाई लत्याएको मात्र छैन । गृहमन्त्री नारायणकाजी श्रेष्ठको अडानले नक्कली भुटानी शरणार्थी प्रकरणका खञ्चचुवाहरू पक्राउ पर्दा समेत त्यो समूहले सरकारलाई साथ दिएन । ललिता निवास, गिरीबन्धु, बाँसबारी, एनसेल, मेलम्ची, मिटरब्याज, सहकारी ठगी जस्ता दर्जनौं एजेन्डामाा सरकार सक्रिय छ । तर काँग्रेसका गगन शेखर चुप छन् । पार्टी सुदृढ बनाउने कुरा गर्ने मौका पर्दा किसानको भाग खोस्ने गगनहरूले भ्रष्टाचार र बेथितिको अन्त्यको मुद्दालाई आफ्नै पार्टीका बहालवाला मन्त्री र पूर्व मन्त्रीसँग यस्तै बखतमा टेराम्याक्स काण्डमा अख्तियारले बयान लिँदा समेत बैठकमा काँग्रेसका नेतालाई छोएन । अर्थमन्त्री डा. प्रकाशरण महत जस्तो असफल पात्र डा. आरजु देउवाको आडमा कुर्सीमा टिक्ने मोहन बस्नेत जस्तो भ्रष्टले डाक्टरहरूमाथि आतंक खडा गर्ने, उद्योग बाणिज्य तथा आपूर्तिमन्त्रीले कालो बजारमा प्रहार नगर्ने दृश्यको साक्षी सिद्धान्त निष्ठ कहलिएका डा. शेखर र गगन भएका छन् । तर पनि फुर्ति तिनकै चर्को छ । अरु भ्रष्ट, गगन शेखर दूधले नुहाएका पात्र होइनन् ।
एमाले अध्यक्ष केपी ओलीले माधव नेपाललाई प्रधानमन्त्री बन्न नदिने घोषणा गरेका बेला काँग्रेसका वरिष्ठ नेता र महामन्त्री गगनले सभापति देउवालाई छैठौं पटक प्रम बन्न नदिने योजना चलाएका त छैनन् ? किनकि अबको २ वर्षपछि देउवाले सरकारको नेतृत्व लिने हुन् । जुन बेला नेकाँको १५औं महाधिवेशन हुनेछ । देउवा सत्तामा बसेर महाधिवेशन गराउँदा डा. शेखर को हालत विजय उन्मुख भन्दा पराजयको कोटीमा पुग्ने गरी उनीहरूबाटै महासमितिलाई प्रयोग गरिएको छ । किनकि यो समूहले समय, काल, परिवेशको ख्याल गरेको छैन । गठबन्धन किन, केका लागि भयो ? काँग्रेसले दश मन्त्री लिएर जनताको काम कस्तो ग¥यो ? गुटगत रूपमा मन्त्री बनाईकाहरूले कस्तो क्षमता देखाए भन्ने तर्फ चासो राखेन । धन्न काँग्रेस ठूलो पार्टी नै छ । जनताको काम गर्ने मन्त्रालय पाउाद्या पनि काम देखाउन नसक्ने यी मन्त्रीका बारेमा महासमिति किन सशक्त भएन ? जनताले प्रश्न गगन र शेखरलाई गर्नुपर्छ । किनकि काँग्रेस संस्थापन सबैतिर बहुमत छ ।
काँग्रेसको गोदाबरी जमघट मुलुकको समृद्धि र विकास केन्द्रीत थिएन । कुनै दिन पार्टी केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रशारण गर्न लगाएर भित्र एउटा बाहिर अर्कै बोल्ने छद्मभेषी चरित्रको भण्डाफोर गरेको संस्थापनले अहिलेकै अवस्थामा गठबन्धन भत्काउन चाहेको छैन । यो गठबन्धन भत्काउन डा. शेखर लागेका छन् । उनलाई तेस्रो शक्ति गणतन्त्र, संघीयता र समावेशीताको सूत्राधार माओवादी भन्दा राष्ट्रघाती महाकाली सन्धि गरेर भारतलाई नेपालको जलश्रोत कब्जा गर्न सहज बाटो खोज्ने एमाले ठिक लाग्छ । समान हैसियतका दलहरूका बीचको सत्ता सहकार्यले संसदमा बलियो विपक्षी हुनुपर्छ भन्ने चेतना भएन । ०७४ मा उनलाई चुनाव हराउने वाम शक्ति बीचमा पुनः सहकार्य गराउन डा. शेखर नै लागेका छन् । काँग्रेस महासमितिमा वडादेखि गाउँ, नगर, जिल्ला, प्रदेश र केन्द्रसम्म नेतृत्व लिनेले आन्तरिक प्रतिस्पर्धाबाट चुनिएर आउनुपर्छ भन्ने मत सर्वस्वीकार्य भएको छ । तर यसको असर तीनै सामन्तवादका प्रतिकहरूलाई पर्छ । जो फाइल बोकेर सिंहदरबार र बुढानिलकण्ठ धाउने गर्छन् । आफ्नै निर्वाचन क्षेत्रमा सार्वजनिक जग्गाको संरक्षणमा चासो नदिनेहरूले भूमाफियाबाट पैसा खाएका छन् । टाउकोमा जेल लगाएर फूलको पत्र टाँसेर ऊ नमो शिवाय भने जस्तो काँग्रेस होइन भने यिनले समयको ख्याल गरी वर्तमान सरकारलाई जनताको पक्षमा परिचालन गर्न काँग्रेसले अपनाउनु पर्ने मुल कर्तव्य के थियो ? त्यसका बारेमा पनि महासमिति बैठकमा छलफल गरी ठोस निश्कर्ष निकाल्न सक्नुपथ्र्यो । तर त्यो गरेनन् । काँग्रेसका लागि उत्पात भए पनि यो जमघट कुम्भ मेला हो भन्ने देखियो ।