Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको बैठक सुरु भएको छ। चुनदेवीस्थित सम्पर्क कार्यालयमा १५औँ महाधिवेशन तयारी समितिको बैठक जारी छ।
बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित देउवानिकट केन्द्रीय पदाधिकारी तथा सदस्य, पूर्वपदाधिकारी, सांसद तथा पूर्वसांसद सहभागी छन्। त्यसैगरी सातै प्रदेशका पदाधिकारी, जिल्ला सभापति तथा संयोजक, महाधिवेशनका लागि जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधि र भ्रातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष एवं पदाधिकारीको पनि सहभागिता रहेको छ।
देउवा समूहले आगामी मंसिर २१ गतेदेखि समानान्तर महाधिवेशन गर्ने तयारी गरेको छ। त्यसैको तयारी र आगामी रणनीतिबारे छलफल गर्न बैठक बोलाइएको हो।
यसअघि मंगलबार सानेपामा बसेको संस्थापन पक्षको बैठकलाई सम्बोधन गर्दै कांग्रेस सभापति गगन थापाले पार्टीको हितविपरीत गतिविधिमा संलग्न हुनेहरूलाई कारबाही गर्ने चेतावनी दिएका थिए।
थापाले कारबाहीको चेतावनी दिएको भोलिपल्टै देउवा समूहको बैठक बसेको हो। यसले कांग्रेसभित्र संस्थापन र इतर पक्षबीचको विवाद थप चर्किने संकेत गरेको छ।
२०८३ मंसिर ११
ताजा नेपाल
२०८३ मंसिर ११
ताजा नेपाल
२०८३ मंसिर ११
ताजा नेपाल