Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पार्टी संस्थापनलाई घेराबन्दी गरेर नेतृत्व फुत्काउने अभियानमा काँग्रेसका नेताहरु लागेका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला र पार्टीका महामन्त्री गगन थापाबीच भेटवार्ता भएको छ । महामन्त्री थापाले विशालनगरस्थित कोइरालाको सचिवालयया पुगेर शेखरसँग भेट गरेका हुन् । भेटमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार पनि सहभागी रहेको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताए । भेटमा सरकार र पार्टीको आन्तरिक गतिविधिबारे छलफल भएको उनले बताए । १४ औँ महाधिवेशनमा शेखर र गगन एउटै समूहबाट चुनाव लडेका थिए । तर पछिल्लो समय शेखर र गगनबीच दूरी बढेको चर्चाबीच गगन शेखरको सचिवालयमै पुगेर भेट गरेका हुन् । भेटमा क्रियाशील सदस्यताबारे पनि छलफल भएको बताइएको छ । शेखरले १५ औँ महाधिवेशनमा पनि नेतृत्वको तयारी थालेर देश दौडाहा छन् भने महामन्त्री थापा पनि अघोषित तयारी गरिरहेका छन् । दुई नेताहरूले नै नेतृत्वको तयारी थालिरहेको बेलामा शेखर र गगन आगामी महाधिवेशनमा एउटै समूहमा नरहने चर्चा कांग्रेसवृत्तमा हुँदैछ । तर, थपलियाले शेखर र गगनबीच आवश्यकता कुराकानी भइरहेको भन्दै बाहिर चलेजस्तो छलफल नै हुन छाडेको भन्ने हल्लामा सत्यता नभएको दाबी गरे ।
२०८२ जेष्ठ १९
ताजा नेपाल
२०८२ जेष्ठ १९
ताजा नेपाल
२०८२ जेष्ठ १९
ताजा नेपाल