Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गगन–विश्वलाई हटाएर के भन्दैछ देउवा पक्ष

काठमाडौं । नेपाली कांग्रेसबाट गगन थापा समूहले विशेष महाधिवेशन सम्पन्न गरी अधिकारिकता दाबी गरेपछि शेरबहादुर देउवा पक्षले आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन मार्फत नयाँ कार्यसमिति घोषणा गरेपछि उत्पन्न परिस्थितिबारे जानकारी दिन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्न लागेका हुन्। पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, आज दिउँसो २ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन हुनेछ। उक्त सम्मेलनमा पार्टीको आधिकारिक नेतृत्वले पछिल्लो विकसित घटनाक्रम, विशेष महाधिवेशनको वैधानिकता र आगामी कदमबारे स्पष्ट पार्ने बुझिएको छ। केही समयदेखि पार्टी नेतृत्वसँग असन्तुष्ट रहँदै आएको गगन–विश्व समूहले चालेको पछिल्लो कदमले कांग्रेसभित्र ठूलो हलचल पैदा गरेको छ। विधान विपरीत छुट्टै कार्यसमिति घोषणा गरिएको भन्दै संस्थापन पक्ष आक्रोशित छ भने अर्को पक्षले पार्टी सुधारका लागि यो बाध्यात्मक कदम भएको दाबी गर्दै आएको छ। स्रोतका अनुसार कार्यवाहक सभापति खड्काले आजको सम्मेलनमार्फत पार्टीको अनुशासन र विधान मिच्ने गतिविधिहरू स्वीकार्य नहुने सन्देश दिने तयारी गरेका छन्। कांग्रेसको यो आन्तरिक द्वन्द्वले राष्ट्रिय राजनीति समेत तरङ्गित छ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल