Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गठबन्धनबाट अध्यक्ष बनेका भण्डारी भ्रष्टचारमा चुर्लुम्म भएपछि निलम्बित

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट स्थानीय तहको चुनावमा विदुर नगरपालिका वडा(९ को अध्यक्षमा विजयी हुनु भएका हरेराम भण्डारी भ्रष्टाचार मुद्दामा निलम्बनमा पर्नु भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७६ साल भाद्र महिनामा नुवाको जिल्लाको विदुरमा रहेको सुलक्षणा माध्यमिक विद्यालय तत्कालीन प्रधानाध्यापक हाल वडा अध्यक्षमा विजयी भएका हरिराम भण्डारीसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । उहाँसँगै विद्यालयका शिक्षक केशवबहादुर बस्नेत र तत्कालीन विद्यालयका निरीक्षक कुमारप्रसाद तिमल्सिनाविरुद्ध आयोगले मुद्दा दायर गरेको हो ।

तर भण्डारीले निर्वाचन आयोगलाई झुक्याएर आफ्नो सूचना लुकाएर गठबन्धनबाट उम्मेदवार बनेर वडा अध्यक्षमा विजयी भएका थिए । उहाँका सम्बन्धमा स्थानीयले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिए पनि सुनुवाइ नभएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएका थिए। त्यसपछि अख्तियारले पत्र लेखेर निर्वाचन आयोगलाई भण्डारी निलम्बनमा पर्ने जानकारी गराएको छ ।

विद्यालयको शिक्षक रहेको अवस्थामा भण्डारीले ३ वर्षे वेतलबी विदा लिई वैदेशिक रोजगारको लागि मलेसिया गएका थिए । उहाँले सेवा निवृत हुने समयमा वेतलबी विदा बसेको अवधिको गणना गरी सेवा सुविधा लिएको अख्तियारको अनुसन्धानबाट खुलेको थियो ।

भण्डारीलाई सेवा सुविधा उपलब्ध गराउने निवृतिभरण प्रयोजनका लागि विद्यालयका निमित्त प्रअसमेत भएका बस्नेतले तयार गरी विद्यालय निरीक्षक तिमल्सिनाले तत्कालिन जिल्ला शिक्षा कार्यालयमा सिफारिस गरिदिएका थिए ।

सोही सिफासिरसका आधारमा भण्डारीले शिक्षक कितावखानाबाट सेवानिवृत सेवासुविधा लिएको पुष्टि भएपछि आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरको हो । तत्कालिन प्रधानाध्यापक भण्डारीसहित तीन जनाविरुद्ध अख्तियारले शुक्रबार अनुसन्धान गरी मुद्दा दायर गरेको हो । भण्डारी सत्तारूढ पार्टी नेकपा माओवादी केन्द्रका स्थानीय नेता समेत हुन् । उहाँ गत निर्वाचनमा विदुर नगरपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा पराजित हुनु भएको थियो ।

जेठ ९ गते सोमवार सपथग्रहण गरेका हरिराम भण्डारीले वडा सदस्य राजकुमार श्रेष्ठलाई कावा वडाध्यक्षको जिम्मेवारी दिएर आफू घरमै बसेका छन् ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले पनि भण्डारीको भ्रष्टाचारम मुद्दा टुंगो नलाग्दासम्म उहाँ निलम्बनमै रहने कानुनी व्यवस्था रहेको जानकारी दिनु भयो ।

भण्डारी वडा अध्यक्षमा विजयी भएपछि स्थानीयहरू शनि चित्रकार, विनयप्रसाद लामिछाने, राजकुमार तामाङ, जयराम रिजाल, धनवहादुर वोगटी, सीता वोगटी, धनमाया सुनार, सुरेन्द्र श्रेष्ठसहित २० जनाले मुद्धाको विवरणसहित विदुर नगरपालिका कार्यालयमा, निर्वाचन अधिकृतको कार्यालयमा जानकारी गराए थिए ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल