Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गठबन्धनभित्र अहंकारको धाँजा, काँग्रेसको विरोध गर्नु व्यर्थ

काठमाडौं । आफ्नो हैसियत नहेर्ने पाएसम्म सबै सांसद मन्त्री बन्न खोज्ने गलत संस्कार दलहरूमा हटेन । बझाङको प्रदेशसभा र इलामको संघीय संसदको निर्वाचनमा एमालेले आफ्ना उम्मेदवार खडा गरिसकेको छ । एमालेको चाहना गठबन्धन भित्रका सबै दलले साथ दिनेमा छ । तर खटिरो बन्दै एमालेबाट चोइटिएको एकीकृत समाजवादी दुवै ठाउँमा उम्मेदवार बनाउने भन्दैछ ।
यो गठबन्धन मिशन ०८४ सँग जोडिएको छ । तर ठूला दललाई सरापेर २१ सीट प्राप्त गरेको गृहमन्त्री रविको पार्टीले चुनावमा कसैलाई नसघाउने भनेको छ । ०७९ मा एक हजार मत पाएको रास्वपालाई नक्कली नागरिकता, नक्कली पासपोर्ट, सहकारी ठगी जस्ता धन्दा सफल बनाउन जनताले मतदान गर्नु पर्ने बाध्यता किन प¥यो । निर्वाचनमा पार्टीको जनाधार जरुरी हुन्छ । एमालेको इलाम २ मा जनाधार छ, तर बझाङको प्रदेशसभामा माओवादीको साथ रहँदा बलियो एमाले हुन्छ, एकीकृत समाजवादी कमजोर नै छ । चरित्र कम्युनिष्टहरूको पनि काँग्रेसभन्दा कम छैन । भ्रष्टाचार, तस्करी, माफियाकरण जस्ता धन्दामा काँग्रेस र कम्युनिष्ट एकै देखिएका छन् । सरकारमा जाने जनताको सेवा भन्दा आफ्नै स्वार्थमा रमाउने संस्कार र संस्कृति वामपन्थीहरूको धेर ठूलो जमात बन्दैछ । देश बनाउने कुरा कागजी प्रक्रियामा जेलिएको छ । सरकारमा सहभागी हुने गठबन्धन विश्वासमा खडा नगर्ने तर पद ओगट्न नछाड्ने ठूलो पदमा मोलमोलाई गर्ने चलन बढेको छ । सरकारले जसरी साझा एजेन्डा बनाएको छ त्यसलाई सत्ता गठबन्धनले सहमति गरेको हो ।
स्वार्थबाट माथि उठेर देशका टुक्रिएका कम्युनिष्ट मिलाएरै आफू कुर्सीको लोभ नगर्ने, अरुको असन्तुष्टिलाई सम्बोधन गर्ने राजनेता हुने आँट कसैले गरेनन् । साना ठूला सबैलाई गच्छेअनुसारको पद भन्दा ठूलै ठाउँ चाहिएको छ । वैशाख १५ को उपचुनावलाई निहुँ बनाएर किचलो गर्नेक्रम पनि बढेको छ । काँग्रेसको नेता प्रदीप पौडेलले गठबन्धनभित्रैबाट गठबन्धन भत्काइन्छ भनेका छन् । काँग्रेस संसदमा राप्रपालाई आफूतिर तानेकोमा गर्व गर्छ, राप्रपा धर्म निरपेक्षताविरुद्ध हिन्दू सनातनवादी काँग्रेसमा देखिँदा रमाउँछ । किनकि राजतन्त्रको वकालत गर्दै राप्रपा आन्दोलनमा छ । तर त्यसको अर्थ छैन । राप्रपा र काँग्रेस संसदमा सरकार बनाउने सवालमा एक ठाउँमा आए पनि आन्दोलनका मुद्दामा फरक छन् । काँग्रेसमा क्रिश्चियन पनि धेरै छन् । राप्रपाका कम छैनन् । यस्तो विषयमा कम्युनिष्टमा बोल्नै पर्दैन । किनकि क्रिश्चियनकै बीचमा त्यहाँ द्वन्द्व कुर्सी र पदको बढी छ । काँग्रेसले आफ्नो मार्कोस र खड्का चरित्रहरूबाट सिकेको पाठ लुट, खाउ हो । कम्युनिष्टहरू बारम्बार होइन मौका पर्दा ढुकुटी रित्याउने हो । नेकपाको ४१ महिने सत्ताकालको लुट इतिहासमै दर्ज भएको थियो । अर्काथरि देशको राजश्व मारेर च्यानल मिलाएर अवैध सुन भिœयाएर भारत कटाउने हो ।
जनतालाई यस्ता कम्युनिष् टप्रतिको भरोसा घट्नुनै स्थानीय तहमा काठमाडौं, धरान, धनगढीका बालेन, हर्क र गोपाल हमालप्रति जनविश्वास भयो । पार्टी बनेको ३ महिनामा संघीय संसदमा २१ सिट प्राप्त गरेको रास्वपा अहिले सरकारमा छ । कम्युनिष्टहरू पदका लागि भिड्ने, जनताका समस्यामा चासो नदिने अवस्थामा छन् । यस्ता कम्युनिष्टहरूले अमेरिकी च्यानलको संस्थाहरूबाट डलर खाने र भाइबन्धुबीचमा कार्यगत एकता नगर्ने गर्दा विश्वास गुम्छ । अहिले नेतालाई पद भन्दा जनतालाई राहत चाहिएको छ । कालो बजारमाथि सरकारले हस्तक्षेप गरेकै छैन । जहाँ पहिले वीरगञ्जका व्यापारीका मान्छे मन्त्री थिए । अहिलेका कम्युनिष्टले पनि के गरेनन् ? सत्ता गठबन्धनको साझा घोषणालाई लत्याएर ठाउँ खोज्ने खोचें थाप्ने हो भने काँग्रेसकै बुई चढेर हुन्छ । माओवादी अध्यक्ष भावुक छन् उनलाई जनताले विश्वास नगर्दा हरेक पटक निर्वाचन क्षेत्र फेर्नु परेको छ । परिवारवाद गहना बन्दा धोकेवाज उम्लने गरेको छ । राष्ट्रियसभामा पार्टीकै महिला नेतृ उर्मिला अर्याललाई अध्यक्ष बनाउने भनेर फुक्र्याए तर अध्यक्ष पद थर मिल्ने दाहाल त्यो पनि भाइलाई दिलाए ।
एमालेमा केपी ओलीलाई विश्वास भयो भने साधारण सदस्य बिना मेडिकल माफिया दुर्गा प्रसाई, कमल ओली केन्द्रीय सदस्य बनाइन्छ । त्यहाँ नरेश खरेलहरू गणनामा पर्दैनन् । किन अहिले आधुनिक काल हो । आधुनिक कालमा दिपक मनाङे, रोज राणा, मिनकृष्ण महर्जनहरू सांसद बन्नुपर्छ । नेता घुस्याहा छन्, संसदको टिकट तिनै बेच्छन् । नेताको बैठकमा पैसाको बीटो पु¥याउँदा संसद पद पाइन्छ । कम्युनिष्टमा पनि ल्हारक्याल लामाहरू छन् । जो एमाले भयो सांसद भयो, माओवादी बन्यो संविधानसभा सदस्य भयो । अहिले लुम्बिनी विकास कोषमा उपाध्यक्ष छन् । मन्त्री अध्यक्ष हुने कोषको संरक्षक प्रधानन्त्री छन् । वामपन्थी शक्तिभित्र अविश्वास भयो भने मिशन ०८४ मा कसरी वाम गठबन्धन बन्छ ? जनताले बहुमत किन नेकपालाई दिने ? सरकारमा एमाले, माओवादी, एकीकृत समाजवादी, जसपा जस्ता अग्रगमनकारी हौ भन्ने पुगेका छन् । तर लडाइँ भने सांसद पदको छ । इलाम २ सत्ता गठबन्धनविरुद्ध एमाले एक्लै चुनाव जितेको ठाउँ हो । बझाङ (क) काँग्रेसले गठबन्धनबाट जित्दा नेकपा एमाले एक्लै दोस्रो मत पाएको शक्ति थियो । एमालेले दावी गर्नु ठिक छ, एकीकृतले खोचे थाप्नु व्यर्थ छ ।