Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेस १०० बाट तलमाथि नहुने, गठबन्धनमा भाँडभैलो

काठमाडौँ । सत्ता गठबन्धनमा दलहरु थुपारिए पनि सीटको भागवण्डा भने महाभारत परेको छ । सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्दा नेपाली कांग्रेसले १०० सिटको अडान नछोड्ने निष्कर्ष निकालेको छ । यो निर्णयले ठूलो भागको अपेक्षा गरेका अन्य गठबन्धलाई ठूलो धक्का दिने पक्कै छ । यो निर्णयबाट काँग्रेस तलमाथि भएन भने गठबन्धनमा ठूलै भाँडभैलो मच्चिने निश्चित छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर १६५ क्षेत्र छन् । गठबन्धनमा रहेका पाँच दलले तालमेल गरेर उम्मेदवारी दिने सहमति गरिसकेका छन् । तर कुन दलले कति क्षेत्रमा उम्मेदवारी दिने भन्ने टुंगिएको छैन । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी नेताहरूसँग छलफल गरेका थिए । त्यसक्रममा सबैजसो नेताहरूले कांग्रेसले १०० सिटको अडान छोड्न नहुने बताएका थिए । बैठकमा स्थानीय निर्वाचनमा जस्तो गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा भने कुनै विवाद देखिएन । यसअघि केन्द्रीय कार्य समितिले नै त्यसबारे निर्णय गरिसकेकाले नेताहरूले गठबन्धन गर्नुको विकल्प नभएकोमै जोड दिएका थिए । तर गठबन्धन गर्दा पार्टीले आफ्नो हैसियतलाई पनि ध्यानमा राख्नुपर्ने सुझाव थियो । बैठकमा नेता शेखर कोइरालाले कांग्रेसले जित्न सक्ने कुनै पनि सिट अर्को दललाई छोडेर गठबन्धन गर्नु नहुने बताए । ‘गठबन्धन गरेर जाने निर्णय नै भइसक्यो । उनले कांग्रेसले १०० सिटको अडानबाट तल झरे पार्टीभित्र आकांक्षीबीच विद्रोह हुन सक्ने बताएका थिए । बैठकमा पूर्वउपसभापति विमलेन्द्र निधिले चुनावी गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टीलाई समेत सामेल गर्नुपर्ने सुझाव राखे । अर्का पूर्वउपसभापति विजयकुमार गच्छदारले भने विगतमा कांग्रेसले पराजय व्यहोरेका क्षेत्रमा समेत यसपटक भने कांग्रेसको पक्षमा जनलहर रहेको स्मरण गराए । नेताहरूले कांग्रेसले जति धेरै सिट लियो, त्यति धेरै सिटमा गठबन्धनको जित सुनिश्चित हुने बताएका थिए । बैठकको अन्तिममा बोलेका सभापति देउवाले भने गठबन्धन गरेर जाँदा कोही न कोहीले त्याग गर्नैपर्ने अवस्था आउने बताएका छन् ।